घरेलु मदिरा वनाउने कारखानामा २३,२०० लिटर घरेलु मदिरा नष्ठ

घरेलु मदिरा वनाउने कारखानामा २३,२०० लिटर घरेलु मदिरा नष्ठ

काठमाडौँ,मंसिर २९
काठमाडौँबाट शुक्रबार घरेलु मदिरा वनाउने कारखानामा २३२०० लिटर घरेलु मदिरा र २०० लिटरको ५० ड्रम नष्ट गरिएको छ ।

बुढानिलकण्ठ नगरपालिका वडा नं.१० कपन स्थित खाली जग्गामा भाडामा लिई टहरो निर्माण गरी अवैध घरेलु मदिरा उत्पादन तथा विक्रि वितरणको लागि तयार अवस्थामा राखिएको १८०० लिटर मदिरा तथा घरेलु मदिरा बनाउन प्रयोग गरिने कच्चा पदार्थ (कोदो,मकै,गहु र भातको) अ.६२०० लिटर नष्ट गरिएको महानगरीय प्रहरी परिसर काठमाडौँले जनाएको छ ।

घरेलु मदिरा नियन्त्रण अभियान सञ्चालन अन्तर्गत महानगरीय प्रहरी वृत्त वौद्दका कार्यालय प्रमुख प्र.ना.उ नरेन्द्र चन्दको कमाण्डमा शुक्रबार खटिएको प्रहरी टोलीले बुढानिलकण्ठ नगरपालिका वडा नं.१०,११ र १२वडा एरियामा सर्च अप्रेशन सञ्चालन गर्ने क्रममा सो मदिरा नष्ट गर्नुका साथै मदिरा बनाउन प्रयोग गरिने २७ वटा २०० लिटरको प्लाष्ट्रिको ड्रम, २३ वटा २० लिटरको प्लाष्ट्रिकको ड्रम र २६ वटा प्लाष्ट्रिकका बाटाहरु बरामद गरिएको छ ।

त्यस्तै, बुढानिलकण्ठ नगरपालिका–११ लसुनटार स्थित खाली जग्गामा भाडामा लिई टहरो निर्माण गरी अवैध घरेलू मदिरा उत्पादन गरी विक्रि वितरण गर्ने उदेश्यले ५७०० लिटर घरेलु तयारी मदिरा तथा ९५०० लिटर कच्चा पदार्थ नष्ट गरीएको महानगरीय प्रहरी परिसर काठमाडौका प्रवक्ता प्रनाउ होविन्द्र वोगटीले जानकारी दिए ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.