बंकरमाथि चिया बगान : उदारण बन्यो काभ्रेको कामीडाँडा

बंकरमाथि चिया बगान : उदारण बन्यो काभ्रेको कामीडाँडा

बनेपा : मर्दनसिंह लामा पूर्वलडाकु हुन्। उनी भूमिगत नाम प्रेमले परिचित थिए। माओवादी युद्धकालमा उनी आफ्ना कमरेडहरूसहित कामीडाँडामा फौजी तालिम गर्थे। युद्ध सकिएपछि उनले बन्दुक बिसाएर कोदाली उठाएका छन्। अहिले उनी चिया खेती गर्छन्।

काभ्रेको बेथानचोक गाउँपालिका–५ मा पर्छ कामीडाँडा। द्वन्द्वकालमा यो ठाउँ माओवादीको आधारइलाका थियो। धेरै पटक नेपाली राजनीतिलाई प्रभावित गर्ने घटना यहीँबाट निर्देशित भए। जनमुक्ति सेनाले यसलाई भूमिगत तालिमकेन्द्रका रूपमा प्रयोग गर्थे।

जताततै बंकर खनिएका थिए। शान्तिप्रक्रिया सुरु भएपछि माओवादीको पहिलो केन्द्रीय बैठक यहीँ बस्यो। त्यसपछि राष्ट्रिय रूपमै यो ठाउँको चर्चा हुन थाल्यो। सेना समायोजनअघि तेस्रो डिभिजनको शिविर यहीँ राख्ने प्रस्तावपछि यो थप चर्चित बन्यो।

तर शान्तिप्रक्रियापछि मर्दनसिंहको झैँ कामीडाँडाको परिचय पनि फेरिएको छ। युद्ध सकिएको १२ वर्ष नाघ्दा युद्धभूमि कृषिभूमिमा फेरिएको छ। बुट बजारेर परेड खेल्ने चौरमा चियाको बोट रोपिएका छन्। बंकरमाथि हराभरा बगान छ।

बन्दुक बिसाएकाहरूले कोदालो समातेका छन्। अब यहाँ राजनीतिक बहस र बैठक हुँदैनन्। ‘अब त कृषिक्रान्तिका लागि छलफल हुन थालेको छ,’ मर्दनसिंह बताउँछन्।, यो खबर आजको अन्नपुर्ण पोष्टमा छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.