काठमाडौं इन्फोसिस विराटनगरको आयोजनामा ‘एडमिसन विक’ हुने

काठमाडौं इन्फोसिस विराटनगरको आयोजनामा ‘एडमिसन विक’ हुने

विराटनगर, पुस १
काठमाडौं इन्फोसिस विराटनगर शाखाको आयोजनामा सोमबारबाट एड्मिसन विक हुने भएको छ । काठमाडौं इन्फोसिसले उच्च शिक्षा अध्ययनका लागि विदेश जान चाहने विद्यार्थीलाई लक्षित गरेर एड्मिसन विकको आयोजना गर्न लागेको हो ।

अष्ट्रेलिया, न्युजिल्याण्ड, जापान, युएसए लगायतका देशमा अध्ययन गर्न जान चाहने विद्यार्थीलाई परामर्श सेवा दिदै आइरहेको काठमाडौँ इन्फोसिसले विदेश अध्ययन गर्न जाँदा के कस्ता प्रक्रिया पुरा गर्नुपर्छ, विद्यार्थीको स्तर अनुसार कुन विषय पढ्न उचित हुन्छ, छात्रवृत्तिको व्यवस्था के कस्तो छ लगायत विषयमा परामर्श दिने काठमाडौं इन्फोसिस विराटनगर शाखाका सञ्चालक प्रमोद स्वर्णकारले जानकारी दिए ।

इन्फोसिसले विद्यार्थी जान चाहेको देश अनुसार कलेज तथा युनिभर्सिटी छान्न सहयोग गर्ने तथा कलेज तथा युनिभर्सिटीको कोर्ष, भर्ना प्रक्रिया, फि लगायतका बारेमा पनि जानकारी दिइने स्वर्णकारले बताए ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.