आईसीपी फागुनको पहिलो सातासम्ममा हस्तान्तरण हुने

आईसीपी फागुनको पहिलो सातासम्ममा हस्तान्तरण हुने

विराटनगर : विराटनगर महानगरपालिकाको वडा नं १८ मा निर्माण भईरहेको एकीकृत भन्सार जाँच चौकी (इन्टीग्रेटेट कस्टम चेकपोष्ट– आईसीपी) आगामी फागुनको पहिलो सातासम्ममा निर्माण सम्पन्न गरी नेपाल सरकारलाई हस्तान्तरण गरिने भएको छ । जाँच चौकी (आईसीपी)को निर्माण कार्य युद्धस्तरमा भईरहेको छ ।

निर्माण कम्पनी दिनेशचन्द्र आर अग्रवाल इन्फ्राकन प्रालिका प्रोजेक्ट म्यानेजर इन्जिनियर अवधेशकुमार साहका अनुसार आगामी फेबुअरी २० तारिख( फागुन पहिलो सता)मा हस्तान्तरण हुनेगरी काम भईरहेको छ । भारततर्पm निर्माण सम्पन्न भई आईसीपी सञ्चालनमा आएपनि जग्गा हस्तान्तरणमा ढिलो भएकाले नेपालतर्फको काम भने सम्पन्न हुन बाँकी नै छ ।

आईसीपीबाट रानी – धरान सडक जोड्ने सडक कालोपत्रे भईसकेकाले खाली गाडिहरु भएर छाड्ने गरिएको छ । अबको दुई महिनाभित्रमा पुर्ण सत्तचालन गर्ने सम्बन्धीत पक्षको भनाई छ । निर्माण कार्यको ठेक्का भारु १ अर्ब १४ करोडमा लागेको हो ।, यो समाचार आजको उद्घोष दैनिकमा छापिएको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.