×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

म्यानचेस्टरलाई हराउदै लिभरपुल शीर्ष स्थानमा

२ पुष २०७५

एजेन्सी,पुस २
इंग्लिस प्रिमियर लिग फुटबल अन्तरगत आईतबार राती भएको खेलमा लिभरपुलले म्यानचेस्टर युनाइटेडलाई पराजित पुनः शीर्ष स्थानमा फर्किएको छ । लिभरपुलले युनाइटेडलाई ३–१ को गोल अन्तरमा पराजित गरेपछि लिगको शीर्ष स्थानमा फर्किएको हो ।

लिभरपुलका लागि जिदा जरदान शाकिरीले २ तथा लागि साडियो मानेले एक गोल गरे । युनाइटेडका जेसे लिङ्गार्डले एक गोल फर्काए । घरेलु मैदान एनफिल्डमा भएको खेलमा लिभरपुलले खेलमा बनाएको सुरुवाती अग्रता लिएको थियो ।

Advertisement
Advertisement

फाविन्हो पासमा मानेको भली सट गोल भएको थियोे । ३३औं मिनेटमा जेसे लिङ्गार्डले बराबरी गोल फर्काएपछि पहिलो हाफ १–१ गोलको बराबरीमा सकिएको थियो ।

७३औं मिनेटमा शाकिरीले गोल गरेपछि लिभरपुलले खेलमा २–१ को अग्रता बनायो । ८०औं मिनेटमा शाकिरीले नै गोल गर्दै लिभरपुललाई ३–१ को जित दिलाए ।

यससँगै लिभरपुलले प्रिमियर लिगमा आफ्नो अपराजित यात्रा कायमै राख्न सफल भएको छ । प्रिमियर लिगमा अपराजित रहने लिभरपुल एक्लो टोली हो । लिभरपुलले दोस्रो स्थानको म्यानचेस्टर सिटीलाई १ अंकले पछि परेको हो । लिभरपुलले १७ खेलबाट ४५ अंक जोड्दा सिटीले समान खेलबाटै ४४ अंक जोड्यो ।

Advertisement

लिभरपुलसँगको हारसँगै युनाइटेड २६ अंक जोडेर छैटौ स्थानमा यथावत छ । युनाइटेड पाँचौ स्थानको आर्सनलभन्दा ८ अंकले पछि परेको छ ।

भर्खरको समाचार

हजारौं गीत गाएर अस्थाइन् आशा भोसले

thumb

राष्ट्रपतिले किन रोकिरहेका छन् ओमप्रकाश अर्यालको नियुक्ति ?

823b3005-f7a7-4b8c-b72b-d383aa8b76fc

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, पेट्रोल लिटरको २१९

petrol-pump-india_AFP

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

सम्बन्धित खबरहरु

Scroll to Top