‘नक्कली लालपुर्जा’ को सक्कली कथा

काठमाडौं : नेपाल एयरलाइन्सका दुई वाइड बडी विमानको स्वामित्वबारे प्रश्न उठेपछि प्रबन्ध निर्देशक सुगतरत्न कंसारकारले प्रतिवाद गर्दै भनेका थिए, ‘यिनको लालपुर्जा हामीसँगै छ।’

विमानको ‘लालपुर्जा’ सुनेर अचम्मित भएका हवाई क्षेत्रका विज्ञ तब झस्किए, जब उनले देखाएका कागजातमा खोटैखोट भेटिए। एउटा अनलाइनसँग उनले भनेका थिए, ‘२५ अर्बको सामान बिनास्वामित्व किन्ने मूर्ख होइन म।’

‘तर, पच्चीस अर्बको सामान आफैंले बनाएको कम्पनीसँग किन्न र त्यही कागजलाई लालपुर्जा भन्न मिल्छ ?’ नेपाल एयरलाइन्सकै एक पदाधिकारी प्रश्न गर्छन्, ‘सम्झौता गर्ने कन्सोर्टियमका पार्टनरको हस्ताक्षर बिल अफ सेल नामक कागजमा किन राखिएन ?’

नेपाल एयरलाइन्स र हाई फ्लाई एक्सबीच गरिएको जहाज खरिद सम्झौतामा बिल अफ सेलमा कन्सोर्टियका तीनवटै कम्पनीको पनि हस्ताक्षर हुने व्यवस्था राखिएको थियो। सम्झौताको पृष्ठ ३९ मा बिल अफ सेलको नमुना सामेल थियो।, यो खबर आजको अन्नपुर्ण पोष्टमा छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.