नक्कली सेना प्रकरणमा भगवती चौधरीले खोलिन मुख ‘मलाई बद्नाम गराउने काम भयो’

१ पुस ७५, सोमबार

विराटनगर, पुस २
नेपाल आर्मीको लप्टन भन्दै ठगी गर्दै हिँड्ने ब्यक्तिलाई बडिगार्ड बनाएको भनेर विभिन्न सञ्चार माध्यममा आएका समाचार प्रति नेतृ भगवती चौधरीले आपत्ति जनाएकी छिन् ।

केहि दिन अघि सुनसरीको दुहवीबाट नक्कली सेना बनेर विभिन्न ब्यक्तिलाई ठगी गर्ने सुगम ठकुरी पक्राउ परेका थिए । पक्राउ परेका ठकुरी नक्कली सेना भएको र निजलाई भगवती चौधरीले प्रतिनिधिसभा निर्वाचनमा समेत प्रयोग गरेको भन्दै केहि सञ्चार माध्यमले समाचार प्रकाशित गरेमा नेकपाकी केन्द्रिय सदस्य चौधरीले आपत्ति प्रकट गर्दै आफुले कुनैपनि ब्यक्तिलाई बडिगार्ड नराखेको स्पष्ट पारेकी हुुन् ।

आज एक विज्ञप्ति प्रकाशित गर्दै नेतृ चौधरीले सुगम ठकुरी भन्नेलाई प्रतिनिधिसभा निर्वाचनको प्रचारप्रसारमा प्रयोग नगरेको र उक्त समय निज ब्यक्ति आफ्नो छोराको सम्पर्कमा आएर त्यसले अनुचित लाभ उठाएको बताएकी छिन् । चौधरीद्वारा हस्ताक्षरित विज्ञप्तिमा ठकुरी सुनसरी दुहवीकै मान्छे भएको हिसाबले छोरासँग केहि समय यता सम्पर्कमा रहेको र सोहि क्रममा निर्वाचन आउनुभन्दा धेरै अगाडी कहिले काहीँ आउजाउ गर्दा एकाध दुई पटक उसँग देखादेख मात्र भएको जिकिर गरेकी छिन् ।

Advertisement

ठकूरीले आफुलाई नेपाल आर्मीमा भर्ति हुन तयारी गरिरहेको बताएको र आर्मीमा भर्ती हुने क्रममा आफ्नो नाम लिएको थाहा पाएपछि नै नेपाल आर्मीलाई आफ्नो छोरा नभएको स्पष्ट पारेको बताएकी छिन् । उनले ठकुरी आफ्नोे छोरासँग कहिले काँही चुनाबी कार्यक्रममा आएको हुनसक्ने तर, समाचारमा भने जस्तो बडिगार्ड नै बनाएर आफुले नराखेको स्पष्ट पारेकी छिन ।

चौधरीले केहि सञ्चार माध्यमले सुनसरीको दुहवीमा आयोजित फुटवल प्रतियोगिताको फोटो प्रयोग गर्दै आफुलाई बद्नाम गराउन निर्वाचनको बेला नै नक्कली सेना प्रयोग गरेको भन्दै गलत समाचार बनाएको दावी गरेकी छिन। चौधरीले सुगमलाई आर्मीमा भर्ती गराउन आफुले कसैलाई सोर्सफोर्स नलगाएको पनि जिकिर गरेकी छिन ।

चौधरीले गलत समाचारले आफ्नो ब्यक्तित्व, इमान्दारिता र राजनीतिमै असर पुर्याउने काम गरेको बताउँदै त्यस्ता दुश्प्रचार नगर्न आग्रह गरेकी छिन् । साथै चौधरीले नक्कली आर्मी बनेर सर्वसाधारणलाई ठग्ने त्यस्ता ब्यक्तिलाई कारवाहीको माग गरेकी छिन् ।

भर्खरको समाचार

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

बागमती प्रदेशका आधा दर्जन जिल्लामा वर्षा, आज कहाँ कहाँ पर्छ पानी ?

mausam-2075-12-18-768x388

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

सम्बन्धित समाचार

Scroll to Top