लागूऔषध सहित १ युवक पक्राउ

१ पुस ७५, सोमबार

विराटनगर, पुस २
प्रहरीले विराटनगरबाट लागूऔषध सहित १ युवकलाई पक्राउ गरेको छ । मोरङको विराटनगर महानगरपालिका–१६ हुलास मेटल चोकबाट सोमवार प्रहरीले लागूऔषध सहित भक्तपुर अनन्त–लिंगेश्वर नगरपालिका–४ बस्ने बर्ष २४ को राजेश न्यौपानेलाई पक्राउ गरेको हो ।

Advertisement

इलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरी टोलीले पैदल हिडिरहेका न्यौपानेलाई शंका लागि चेकजाँच गर्ने क्रममा शरिरको बिभिन्न भागमा लुकाई राखेको अवस्थामा लागूऔषध नाईट्रोसन ट्याब्लेट–१०० चक्की र नाईट्राभेट–६०० चक्की फेला पारी बरामद गरेको हो ।

उनलाई इलाका प्रहरी कार्यालय रानीमा राखि थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top