विराटनगर,पुस ३
आज रातीदेखि नै विराटनगरलगायत पुर्वका ठाउँहरुमा पानी परिरहेको छ । आज देशको पुर्वी तथा मध्येक्षेत्रमा सामान्यदेखि पुर्णतया बदली भई हल्का वर्षा हुने मौसम पुर्वानुमान महाशाखाले जनाएको छ ।
मौसम पुर्वानुमान महाशाखाका अनुसार आज दिउँसो केही ठाउँमा हल्का वर्षा हुने तथा पुर्वी तथा मध्येक्षेत्रका उच्च पहाडि भेगका केही स्थानहरुमा हिमपात हुने छ ।
मौसम पुर्वानुमान महाशाखाले तीन दिनको पुर्वानुमानमा भनेको छ ‘ बंगालको खाडिको दक्षिण–पश्चिमी क्षेत्रमा बनेको चक्रवात ‘फेथाई’ उत्तर-उत्तरपश्चिम दिशातर्फ सरिरहेको र यो कमजोर भई राति “Deep Depression” हुंदै अहिले “Depression” को रुपमा रहेको छ तथा यो अझै कमजोर हुंदै जाने भएकोले यसको प्रभावका कारणले नेपालमा आज देशको पूर्वी र मध्य क्षेत्रमा सामान्य देखि पूर्णतया बदलि भई केहि भुभागहरुमा हल्का बर्षा हुने र उच्च हिमालि भु–भागहरुमा हल्का देखि मध्यम खालको हिमपात हुने संभावना छ। साथै पश्चिमि क्षेत्रहरुमा आंशिक रुपमा बदलि हुने सम्भावना छ। ’
आज राती पनि पुर्वी क्षेत्रका केही स्थानमा हल्का वर्षा हुने तथा उच्च पहाडि भेगका केही स्थानहरुमा हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।मौसम पुर्वानुमान महाशाखाको पुर्वानुमानमा भोली(बुधबार) दिउँसो पुर्वी क्षेत्रमा आंशिक बदली हुनेछ ।बिहीबारको मौसम भने सफा रहने महाशाखाले जनाएको छ ।