ईपीएलको विजेताले रु. २५ लाख पाउने

काठमाडौं,पुस ३
काठमाडौँमा जारी तेस्रो संस्करणको एभरेस्ट प्रिमियर लिग इपीएल टी–२० क्रिकेट प्रतियोगिताको विजेताले रु.२५ लाख पाउने भएको छ ।

आयोजकले सोमबार एक प्रेस विज्ञप्ति जारी गरेर विजेता र उपविजेताले पाउने पुरस्कार राशीबारे जानकारी गराएको हो । जसअनुसार विजेताले २५ र उप विजेताले १० लाख पाउने छन् ।

समुह चरणको खेल सकिएपछि मात्र आयोजकले पुरस्कार राशी घोषणा गरेको हो । त्यस्तै खेलमा “म्यान अफ द सिरीज” हुने खेलाडीले अपाचे आरटीआर १ सय ६० फोर भि मोटरसाइकल पाउने जनाईएको छ ।

Advertisement

उत्कृष्ट बलर, ब्याट्सम्यान, उदयमान खेलाडीले पाउने पुरस्कार राशीबारे भने विज्ञप्तिमा खुलाएको छैन । ईपीएलको समुह चरणको खेल सकिदा चितवन टाइगर्स, भैरहवा ग्ल्याडीयटर्स, काठमाडौं किंग्स ईलेभेन र ललितपुर प्याट्रीयट्स प्ले अफमा आफ्नो स्थान सुरक्षित गरेका छन् । त्यस्तै साविक विजेता विराटनगर वारीयर्स र पोखरा राइनोज भने समुह चरणबाटै बाहिरिए ।

शीर्षस्थानमा रहेको ललितपुरले दोस्रो स्थानमा रहेको काठमाडौंसँग मंगलबार(आज) क्वालिफायर खेल खेल्ने छ । विजेता टोली सोझैं फाइनलमा पुग्ने छ ।

Advertisement

पराजित हुने टोलीले पनि फाइनलको लागि पुन मौका पाउने छ । बुधबार तेस्रो र चौथो स्थामा रहेका भैरहवा र चितवनबीच एलिनिमेटर खेल हुने छ । एलिनेमेटरको विजेता टोलीसँग क्वालिफायरमा पराजित हुने टोलीले फाइलन प्रवेशको लागि विहीबार खेल्ने छ । फाइनल खेल आगामी शनिबार हुने छ ।

Advertisement

भर्खरको समाचार

कुवेतका जेलमा छन् ७ महिलासहित ६३ नेपाली

Kuwait Tower City Skyline glowing at night, taken in Kuwait in December 2018 taken in hdr

युएस–इरान सम्झौतामा खामेनी विजेता, एक्सपट्र्सले दिए ६ कारण

250330-donald-trump-Masoud-Pezeshkian-vl-944a-4fa6e7

ठेकेदारको खुट्टा भाँच्ने अभिव्यक्तिमा मन्त्री लम्सालले दिए प्रष्टीकरण

sunil

राजाको सपना, नेताको असफलता !१० वर्षदेखि बन्द गोरखकाली रबर उद्योग

Gorakhkaali tyre factory at Gorkha. Photo: Prakash Chandra Timi8lsena/ Nepal Photo Library

कोशी प्रदेशको बजेटमा बेथिति, ५ हजार योजनामा कनिका बजेट

koshi_pradesh_20230607154312

इ–पासपोर्ट खरिद प्रक्रियामा आरजु राणा पनि अख्तियारको दायरामा

aarju

पासपोर्ट खरिद प्रकरणःदेउवा पुत्रको खोजी, ४ जर्मन प्रतिनिधिलाई बोलाइयो

passport

बालेनले भ्रष्टाचारको छानविन गर्न अख्तियार प्रमुख थुनेका हुन् ? विपक्षीले घेरे

42d7ef3b-93be-40c8-b552-3bd4e09919d9

ह्यारी केन,जसले आफ्नो कथा आफै लेखे

AFP__20260617__B7G324B__v1__MidRes__FblWc2026Match22EngCro-1781734047

कोलम्बियाको सानदार सुरूआत, उज्बेकिस्तान ३–१ ले पराजित

col_pepnhxqvYI

सम्बन्धित समाचार

Scroll to Top