निलम्बित एसपी विष्टलाई पक्राउ गर्ने विषयमा छलफल सुरु

३ पुस ७५, मंगलबार

कन्चनपुरको भीमदत्त नगरपालिकामा गत साउनमा १३ वर्षीय किशोरी निर्मला पन्तको बलात्कारपछि हत्या प्रकरणमा समातिएका दिलिप सिंह विष्टलाई यातना दिएको र अनुसन्धानका क्रममा प्रमाण नष्ट गरेको भन्दै तत्कालिन कन्चनपुर प्रहरी प्रमुख डिल्लीराज विष्टविरुद्ध किटानी जाहेरी परेपछि अनुसन्धानका लागि उनलाई पक्राउ गर्नेरनगर्ने अन्योलमा प्रहरी देखिएको छ ।

Advertisement

दिलिपसिंह विष्टका बुबा र मृतक पन्तकी आमाले सोमबार जिल्ला प्रहरी कार्यालयमा किटानी जाहेरी दर्ता गरेका थिए। अनुसन्धानमा लापरबाही गरेको भन्दै सरकारले एसपी विष्ट र इलाका प्रमुख इन्सपेक्टर जगदिश भट्टलाई सेवाबाट बर्खास्त गरेको छ। डीएनए परिक्षणमा दिलिपसिंह विष्ट निर्दोष ठहर भएपछि प्रहरीको निकै आलोचना भएको थियो। तीन साता लामो अनुसन्धानपछि प्रहरीले विष्टलाई अभियुक्तका रुपमा प्रस्तुत गरेपनि डीएनए परिक्षणपछि उनी गत भदौमा हाजिरी जमानीमा छुटेका थिए।

प्रहरीले निर्मला हत्याकान्डमा अभियुक्त पत्ता लगाउन अझै सकेको छैन। प्रहरीका केन्द्रीय प्रवक्ता एसएसपी उत्तम सुवेदीले डिल्लीराज विष्टलाई पक्राउ गर्ने, नगर्ने काम स्थानीय प्रहरीको भएको बताएका छन । झुटा आरोप लगाएर मुद्धा चलाएमा प्रहरीलाई कारबाही हुने कानुनी व्यवस्था छ। तर अनुसन्धानका क्रममा पक्राउ गरिएका व्यक्तीका बारे भने कानुन मौन छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Desktop Popup ImageMobile Popup Image×
Scroll to Top