काठमाडौं : सरकारले सेनाको लागि भारतबाट खरिद गरेको सैन्य सामग्रीको तिर्न बाँकी सवा तीन अर्ब तत्काल तिर्ने भएको छ । नेपालले ०६३ पछि हतिरा गोलगठ्ठा र यातायातका साधन खरिद गरेको ३ अर्ब २१ करोड भारतलाई तिर्न बाँकी छ ।,आजको नयाँ पत्रिका दैनिकमा यो खबर छ ।
सैन्य मामिलाबारे शुक्रबार काठमाडौंमा बसेको द्धिपक्षीय परामर्श समुहको १३ औँ बेठकमा नेपालले तिर्न बाँकी रकम यथाशीघ्र तिर्ने प्रतिबद्धता जनाएको छ ।
यसअघि सरकारले उक्त रकम मिनाहा गर्न कुटनीतिज्ञ च्यानलमार्फत आग्रह गरे पनि भारतले चासो देखाएको थिएन ।नेपालको आग्रहमा भारतले जवाफ नै नफर्काएको खबर छ ।