विराटनगर, पुस ४
मोरङको बेलवारी नगगरपालिका–१० मा चक्कु प्रहारबाट १ जना घाइते भएका छन् । छुरा प्रहारबाट सोही स्थान बस्ने बर्ष २४ को सुदिप तामाङ घाइते भएका हुन् ।
तामाङलाई पुल खेल्ने क्रममा सामान्य विवाद हुँदा सोही स्थान बस्ने बर्ष ६० की मनमाया भण्डारी र उनका छोरा बर्ष २१ को रोहित भण्डारीले चक्कु प्रहार गरेका थिए ।
चक्कु प्रहारबाट तामाङको अनुहार तथा टाउकोमा चोट लागेर उपचारको लागि सुबिधा अस्पताल बेलबारी पठाईएको छ भने चक्कु प्रहार गर्ने दुवै जनालाई इलाका प्रहरी कार्यालय बेलवारीमा राखि थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।