२ नाल भरुवा बन्दुक बरामद

२ नाल भरुवा बन्दुक बरामद

मोरङ,पुस ४
मोरङको केरावारीबाट प्रहरीले मंगलवार २ नाल भरुवा बन्दुक बरामद गरेको छ ।

इलाका प्रहरी कार्यालय केरावारीबाट खटिएको प्रहरी टोलीले केरावारी गाउँपालिका–८ आमजुगी जंगलमा भरुवा बन्दुक बोकेर हिँडिरहेका २ जना अपरिचित व्यक्तिहरु प्रहरीलाई देखी भरुवा बन्दुक छाडेर भागेका थिए ।

बरामद गरिएको २ नाल बन्दुक इलाका प्रहरी कार्यालय केरावारीमा राखिएको छ भने फरार ब्यक्तिहरुको खोजी भईरहेको उक्त कार्यायलयले जनाएको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.