सवारी साधनमा पाकेटमारी गर्ने र चोरी गर्ने ७७ जना पक्राउ

सवारी साधनमा पाकेटमारी गर्ने र चोरी गर्ने ७७ जना पक्राउ

काठमाडौँ,पुस ४
विभिन्न सार्वजानिक सवारी साधनहरुमा पाकेटमारी तथा चोरी गर्ने ७७ जनालाई प्रहरीले पक्राउ गरेको छ । सादा पोसाकका प्रहरी कर्मचारीहरुलाई सार्वजानिक सवारी साधनमा यात्रा गराई विभिन्न स्थानमा यात्रा गराई यात्रुहरुको साथवाट पकेट तथा झोलामा रहेका नगद, मोवाईल, गरगहना चोर्दा चोर्दै रङ्गे हात पाकेटमार चोरहरु पक्राउ गरि आवश्यक कानूनी कारबाही गरि थप अनुसन्धान भईरहेको महानगरीय प्रहरी परिसर काठमाडौँले जनाएको छ ।

सार्वजानिक बसहरुमा विभिन्न बस पकेटहरुवाट २–२ जनाको दरले ६ जना सम्मको गु्रप बनाई वस भित्र छिर्ने र पैसा भएको यात्रु पत्ता लगाई अगाडी पछाडीवाट घेरावन्दीमा पारि ठेलमठेल को अवस्था वनाई मौका छोपि मोवाईल, नगद र सुनचाँदी पकेटमारी गरि पालो पालो गरि ओर्लने तथा पकेटमारी गर्दा एक अर्कामा सांकेतिक भाषा प्रयोग गर्ने गरेको पाईएको प्रहरीले जनाएको छ ।

प्रहरीले पकेटमारी गर्दा गर्दे विभिन्न व्यक्तिहरुको रू ५,९६००० तत्काल सम्बन्धित व्यक्तिलाई पिडितहरुलाई आवश्यकता र व्यवहारीताको आदारमा फिर्ता गरेको, दाङ्गको घोराई वस्ने घनिमान रोक्का मगर को न्युरोडबाट रु १ लाख ९ हजार रुपैँया पाकेटमारी गर्दा गर्दै पक्राउ गरि फिर्ता गरेको,वरामद भएको रु. १६०७०० रकम चोरीमा मुद्दा चलाई अदालतमा प्रमाणित गरि फिर्ता गर्ने क्रममा रहेको, ३९ थान मोबाईल, ४ थान आईप्याड, ५ थान ल्यापटप बरामद गरिएको उक्त कार्यालयले जनाएको छ ।

सार्वजानिक सवारी साधनहरुमा पाकेटमारी तथा चोरी बढेको सुचनाको आधारमा बाट यातायात व्यवसायीहरुसंग सहकार्य गरी सादा पोसाकमा ५० प्रहरी खटाएको छ । पक्राउ परेकालाई पहिलो पटक पाकेट मारेमा १ महिना जेल तथा विगो वरावरको जरिवाना, दोस्रो पटक दुई महिनाको कैद तथा विगो वमोजिमको जरिवाना कैद अथवा दुवै सजाय तथा सार्वजानिक सेवा अवरुद्द हुने छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.