विराटनगरको काली मन्दिरमा स्कुटर दुर्घटना

विराटनगरको काली मन्दिरमा स्कुटर दुर्घटना

विराटनगर, पुस ४
मोरङको विराटनगर महानगरपालिका–९ काली मन्दिर नजिक मंगलवार स्कुटर दुर्घटनामा परि स्कुटरका चालक घाइते भएकी छन् ।

बिहान ९ बजेको समयमा उत्तरबाट दक्षिण तर्फ जाँदै गरेको को२१प८२२८ नम्बरको स्कुटर आँफै अनियन्त्रित भई दुर्घटना हुँदा स्कुटर चालक बिराटनगर महानगरपालिका–१ बस्ने ३४ वर्षीया प्रमिला भगत घाईते भएकी हुन् ।

घाइते भगलताई उपचारको लागि बिराट नर्सिङ होम विराटनगर पठाईएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.