मोरङ, पुस ४
मोरङ जिल्ला अदालतबाट बन मुद्धामा कैद सजाय भई फरार रहेका प्रतिवादीलाई प्रहरीले बुधवार पक्राउ गरेको छ । मोरङ मिक्लाजुङ गाउँपालिका–४ बस्ने बर्ष ३३ को रुपेश राईलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय बेलवारीले जनाएको छ ।
राईलाई बन मुद्धामा २०६९ साल असार ७ गतेको जिल्ला अदालत मोरङ्गको फैसलाले ८ हजार २ सय ४९ रुपैयाँ १४ पैसा र १ महिना १५ कैद सजाय तोकिएको थियो ।
बिहान पौने १० बजे आफ्नै गाउँघरमा लुकीछिपी बसिरहेको अवस्थामा इलाका प्रहरी कार्यालय बेलवारवाट खटिएको प्रहरी टोलीले पक्राउ गरी गरेको हो । राईलाई जिल्ला अदालत मोरङमा उपस्थित गराईने उक्त कार्यालयले जनाएको छ ।