×

NEPAL TIMES UPDATES

Playing
प्र*हरीले खोल्यो पोखरा ह*त्या रहस्य ,भाञ्जा नै निस्कियो ह*त्या*रा|| Nepal Times
Apr 10, 2026
Playing
Top 15 Afternoon News || April-10-2026 || Nepal Times
Apr 10, 2026
Playing
औषधिमा अर्बाैको घोटालामा बालेनको चासो, ७ दिनभित्र मागियो प्रतिवेदनNepal Times
Apr 10, 2026
Playing
America र Iranबीचको वार्ता फाइनल, को–को आउँदैछन् इस्लामाबाद? || Nepal Times
Apr 10, 2026
Playing
बालेनका मन्त्रीलाई प्रलोभनमा पार्ने प्रयास, मन्त्रीले नै खोले रहस्य || Nepal Times
Apr 10, 2026
Playing
American सेना आराम गरिरहेका छन्,Iran को हात ‘ट्रिगर’ मै छ|| Nepal Times
Apr 10, 2026
Playing
श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण|| Nepal Times
Apr 10, 2026
Playing
पेट्रोल, डिजल र खाना पकाउने ग्यासमा भारी मूल्य वृद्धि#PETROL #diseal #GAS #BALEN #NEPAL
Apr 10, 2026
Playing
इ*रान यु*द्ध बन्यो खाडी मुलुकहरूको दुःस्वप्न|| Nepal Times
Apr 09, 2026
Playing
उपसभामुखका लागि रास्वपामा बालेन हाबी ?राप्रपालाई कसले दियो ’धोका’ ? || Nepal Times
Apr 09, 2026

विराट ट्रेड एक्स्पोमा हेलिकप्टर मार्फत पाथिभरासम्मको यात्रा

५ पुष २०७५

विराटनगर, ५ पुस
विराटनगरमा आगामी शुक्रबारदेखि सुरु हुने विराट ट्रेड एक्स्पोमा हेलिकप्टर चढन पाइने भएको छ । विराट टे«ड एक्स्पोमा अघिल्लो वर्ष झै यस पटक पनि हेलिसिटी टुर समावेश गरिएसँगै दर्शकले साढे ६ हजारमै हेलिकप्टरमार्फत विराटनगर आसपास उडानको आनन्द लिन पाउने भएका हुन ।

मोरङ व्यापार संघको आयोजनामा विराटनगरमा हुने विराट ट्रेड एक्स्पोमा विराटनगरकै होटल एसियाटिकसँगको सहकार्यमा हेलिसिटी टुर समावेश गरिएको आयोजक समितिका संयोजक अनुपम राठीले जानकारी दिए ।

Advertisement
Advertisement

“एक्स्पोलाई नयाँपन दिन पनि हेलिसिटी टुर राखिएको हो,” उनले भने । आयोजकले दुईवटा डायनोसरको प्रतिमा पनि एक्स्पोमा राख्दैछ । हेलिसिटी टुर गराउने निश्चित भएको होटल एसियाटिकका प्रबन्ध निर्देशक पुण्य भट्टराईले बताए ।

यसअघि उद्योग संगठन मोरङले आयोजना गरेको अन्तर्राष्ट्रिय औद्योगिक तथा व्यापार मेलामा पनि हेलिसिटी टुर समावेश गरिएको थियो । हेलिसिटी टुर पनि राख्न गर्न चौतर्फी माग आएपछि समावेश गरिएको संघका अध्यक्ष पवनकुमार सारडाले बताए ।

“सस्तो र सहज रुपमा हेलिकप्टर उडानको आनन्द दिनेछौं,” हेलिसिटी टुरका संयोजकसमेत रहेका भट्टराई भन्छन्, “हवाई जहाज त जो पनि चढेको हुन्छ तर, हेलिकप्टर चढ्ने विरलै पाइन्छन् । त्यसैले सिटी टुर दर्शकका लागि निकै लाभदायक हुनेछ ।” हेलिसिटी टुरका लागि दैनिक २५ उडान हुनेछ । त्यसबाहेक दैनिक २ वटा उडान पाथिभराको उडान गरिने छ । जसका लागि भाडासमेत निश्चित भइसकेको छ ।

विराटनगरबाट पाथिभरा पुगेर आएको प्रतिव्यक्ति ३५ हजार रुपैयाँ भाडा कायम गरिएको छ । यसअघि उद्योग संगठनको मेलामा प्रतिव्यक्ति ५० हजार लिइएको थियो । संगठनको मेलामा स्थानीय उडानका लागि साढे ७ हजार भाडा कायम गरिएको थियो । “लोकल हेलिसिटी टुरका लागि पनि भाडा घटाएका छौंं,” भट्टराईले भने, “यसपटक साढे ६ हजार कायम गरिएको छ ।”

माउन्टेन एयरसँग हेलिसिटीका लागि सहमति भइसकेको उनले जनाए । ३ लाख बढी दर्शकले प्रत्यक्ष अवलोकन गर्ने एक्स्पोमा ३० करोड बढीको कारोबार हुने आयोजकको अनुमान छ ।

प्रदर्शनी तथा बिक्रीकक्ष, सांस्कृतिक तथा सांगीतिक कक्ष, बालउद्यान तथा मनोरञ्जन र खाना कक्ष गरी एक्स्पोलाई चार भागमा विभाजन गरेर व्यवस्थापन गरिएको संयोजक राठीले जानकारी गराए ।

प्रदर्शनी कक्षमा अटोमोवाइल्स, बैंक तथा वित्तीय संस्था, मोबाइल इलेक्ट्रोनिक्स तथा आइटी, निर्माण सामग्री, अन्तर्राष्ट्रिय औद्योगिक उपकरण, कृषि तथा जडिबुटी, पर्यटन, दैनिक उपभोग्य सामग्री, हस्तकला, तयारी पोशाक र जुत्ताचप्पलको स्टल रहनेछन् ।

एक्स्पोमा आउने दर्शकलाई स्थानीय र राष्ट्रिय कलाकारले भरपुर मनोरञ्जन पनि प्रदान गर्नेछ न । एक्स्पोमा २ सय ७५ स्टल रहने छन भने ३ लाख दर्शकले अवलोकन गर्ने मेला आयोजकको दावी छ ।

Advertisement

एक्स्पोमा नेपाल, भारत, बंगलादेश, पाकिस्तान लगायतका मुलुकले स्टल रहने छन । १ करोड ७ लाखको लागतमा आयोजना हुने एक्स्पोमा ३० करोड बढीको कारोबार हुने जनाईएको छ ।

भर्खरको समाचार

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, पेट्रोल लिटरको २१९

petrol-pump-india_AFP

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

कुनैपनि बेला युद्धविराम भंग हुन् सक्ने, लेबनानमा २५४ जना मारिए

trump

इरानी जनताको अभूतपूर्व एकता, जसले ट्रम्पलाई झुकायो,रातभर जाग्राम

US-Iran-1

सम्बन्धित खबरहरु

Scroll to Top