विराटनगर, पुस ५
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डित नेतृत्वको टोली भारत पुगेको छ । संघीयता पछि कर्मचारी समायोजको अबस्था बुझ्न मन्त्री पण्डत सहित ६ सदस्यीय टोलि भारत पुगेको हो ।
मन्त्री पण्डितको टोलिले कर्मचारी समायोजनका विषयमा भारतका सामान्य प्रशासन मन्त्री डा.जितेन्द्र सिंह, त्यहाँको लोकसेवा आयोगका अध्यक्षलगायतसँग भेटेर भारतको कर्मचारी ब्यवस्थापन र नेपालमा त्यसको प्रयोगका विषयमा छलफल गरेको भ्रमण टोलीका सदस्य नेकपा प्रदेश १ सदस्य सत्यनारायण चौधरीले जानकारी दिए ।
नेपालका कर्मचारी समायोजन तथा स्थानीय तहमा पठाउन समस्या देखिन थालेपछि सामान्य प्रशासन मन्त्री सहितको कर्मचारी ब्यवस्थापनका सहसचिव सहितको टोली भारत गएको हो ।
सामान्य प्रशासन मन्त्रालयका सहसचिव भुपाल बराल र सुरेश अधिकारीले त्यहाँको मन्त्रालयको अबस्थाको बारेमा बुझ्ने छन् मन्त्री मन्त्री पण्डितले समकक्षीसँग भेटेर अहिले आएका समस्या समाधानको बिषयमा छलफल गर्ने जनाइएको छ ।
दिल्ली भ्रमणको क्रममा जनप्रतिनिधि र कर्मचारीहरुको वृत्ति बिकासकोलागी अनुभव अदानप्रदान समेत गरिने कार्यक्रम रहेको छ । त्यस्तै संघीय सरचनामा कर्मचारी व्यवस्थापन , अनुमान योग्य कर्मचारी सरुवा बदुवा प्रणाली , जनप्रतिनिधि र कर्मचारी बिचको अन्तरसम्बन्ध, सूचना प्रविधी एव वृद्धि बिकासको लागी तालीम सम्बन्धि छलफल तथा अन्तरक्रिया समेत भएको चौधरीले बताए ।