विराटनगर पुस ५
व्यवसायिक पत्रकारिताको आधार , प्रेस स्वतन्त्रता र श्रम अधिकार भन्ने नाराका साथ आजबाट नेपाल पत्रकार महासंघको राष्ट्रिय सम्मेलन विराटनगरमा आजबाट सुरु भएको छ । सम्मेलनमा मुुलुुकभरका नेपाल पत्रकार महासंघका केन्द्रिय अध्यक्ष पदाधिकारी , प्रदेश महासंघ तथा जिल्ला सभापतिगरी दुुईसय भन्दा वढिको सहभागिता रहेको छ ।
नेपाल पत्रकार महासघ केन्द्रिय समितिको आयोजना र नेपाल पत्रकार महासंघ प्रदेश न १ को सहयोगमा सम्मेलन आयोजना भएको हो । सम्मेलनको उद्घाटन गदै एक नम्वर प्रदेशका मुुख्यमन्त्री शेरधन राईले प्रदेश सरकार पूर्ण प्रेसमैत्री रहेको वताए । उनले संघिय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागतगर्न प्रेस जगतलेपनि मर्यादित भएर कलम चलाउनुुपर्नेमा जोड दिए ।
उनले संघियता आफूहरुका लागि नयाँ अभ्यास भएकाले नयाँ प्रणाली कार्यान्वयनमा केहि अलम्लिनुु समान्य कुुरा भएकाले त्यसलाई स्वाभिक रुपमा लिनुुपर्ने उनले बताए । विभिन्न वहानमा संघियतामाथि आक्रमण गर्ने प्रयास भइरहेकाले त्यो प्रयास सफल नहुुने उनको भनाई थियो ।
कार्यक्रममा प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुुनमन्त्री हिक्मत कार्कीले प्रेस स्वतन्त्रताको वारेमा संचारकर्मीको पनि एउटै धारणा हुुनुुपर्ने वताए ।
नेपाल पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्यको अध्यक्षतामा भएको सम्मेलनमा नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष शिव गाँउले, प्रेस युुनियनका केन्द्रिय अध्यक्ष वद्रि सिग्देल , प्रेस चौतारीका अध्यक्ष गणेश वस्नेत,न्युुनतम पारिश्रमिक निर्धारण समिति अध्यक्ष गंगाधर पराजुुली, पत्रकार महासंघ एक नम्वर प्रदेश अध्यक्ष विक्रम लुुइटेल , नेपाल पत्रकार महासंघ मोरङ अध्यक्ष वन्धुु पोखरेलले व्यवसायिक पत्रकारिताका लागि सुुद्धिकरण तथा सुुदृढिकरण आवश्यक रहेकोमा जोड दिएका छन । सम्मेलनको वन्दसत्रमा प्रेसको समस्या र आगामी रणनिति लगायतका विषयमा छलफल हुुनेछ । सम्मेलन शुक्रबार विराटनगर घोषणापत्र जारी गर्दे सम्पन्न हुनेछ ।