काठमाडौँ,पुस ५
काठमाडौमान जारी एभरेस्ट प्रिमियर लिग ईपीएल ट्वेन्टी–२० क्रिकेट प्रतियोगिताको उपाधिका लागि भैरहवा र ललितपुर भिड्ने भएका छन । काठमाडौं किंग्स–११ लाई हराउँदै भैरहवा ग्ल्याडिएटर्स एभरेस्ट प्रिमियर लिग ईपीएल ट्वेन्टी–२० क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेपछि ललितपुरसँगको भेट पक्का गरेको हो ।
बिहीबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको दोस्रो क्वालिफायर खेलमा रोहन मुस्तफाको कप्तानीमा रहेको काठमाडौंलाई ६ विकेटले हराउँदै शरद भेषावकरको कप्तानीमा रहेको भैरहवाले ज्ञानेन्द्र मल्लको ललितपुर प्याट्रियट्सविरुद्ध जित निकालेको हो ।
खेलमा काठमाडौंले दिएको १०१ रनको चुनौती भैरहवाले १७ ओभरमा ४ विकेट गुमाएर पूरा र्गयो । भैरहवाका लागि नेदरल्यान्ड्सका खेलाडी रायन टेन डोस्चेटले ४५ रन बनाउँदा भारतका रवीइन्दर सिंहले ३१ रनको योगदान दिए ।
यसअघि, टस हारेर पहिले ब्याटिङ गरेको काठमाडौंले निर्धारित २० ओभरमा अलआउट हुँदै सय रन मात्रै बनाएको थियो । काठमाडौंका लागि सन्दीप रजालीले सर्वाधिक २७ रन बनाउँदा भारतीय खेलाडी प्रदीप साहुले २५ रन जोडे ।
बलिङतर्फ भैरहवाका कुशल मल्लले ३ तथा मोहम्मद नाभिदले २ विकेट लिए । प्रतियोगिताको पहिलो क्वालिफायर खेलमा काठमाडौंलाई हराउँदै ललितपुर फाइनलमा पुगेको थियो । फाइनल खेल त्रिवि क्रिकेट मैदानमा यही शनिबार दिउँसो १ बजे हुनेछ ।