डिभाइडरमा ठोक्किएर मोटरसाईकल दुर्घटना : एक जनाको मृत्यु

डिभाइडरमा ठोक्किएर मोटरसाईकल दुर्घटना : एक जनाको मृत्यु

विराटनगर,पुस ५
विराटनगरको बरगाछी चौकमा मोटरसाईकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

दुई जना सवार को २८ प ३८५६ नम्बरको मोटरसाईकल डिभाइडरमा ठोक्किएर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको र एकजना घाईते भएको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख, प्रहरी निरीक्षक शिवकुमार पोखरेलले जानकारी दिए ।

दुर्घटनामा पथरी शनिश्चरे नगरपालिका १० की २३ वर्षीया हिरा कार्कीका मृत्यु भएकोे छ । दुर्घटनामा घाईते भएका मोटरसाइकल चालक मनोज कार्कीको न्यूरो अस्पताल विराटनगरमा उपचार भईरहेको पोखरेलले जानकारी दिए ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.