विराटनगर, पुस ५
प्रहरीले नागरिकता किर्ते मुद्धामा फरार रहेका ६ जना प्रतिवादीलाई बुधवार पक्राउ गरेको छ ।
जिल्ला अदालत मोरङबाट जरिवाना सजाय भई फरार रहेका मोरङ जहदा गाउँपालिका–२ बस्ने ३८ वर्षीय रामप्रित पासवान, ५५ वर्षीय पन्चु साह, ६५ वर्षीय सुर्य नारायण साहतेली, ५५ वर्षीय डोमी पासवान, ३५ वर्षीय श्रवण कुमार साह र ४५ वर्षीय रविलाल मण्डललाई पक्राउ गरेको हो ।
उनीहरुलाई जिल्ला अदालत मोरङले २०७१ साल साउन १६ गतेको फैसलाले उक्त मुद्धामा जनही २५ हजार रुपैयाँ जरिवाना सजाए तोकेको थियो ।
दिउँसो २ बजे गोपय सूचनाको आधारमा प्रहरी चौकी मझारेबाट खटिएको प्रहरी टोलीले मोरङ जहदा गाउँपालिका–२ मा लुकिछिपी रहेको अवस्थामा पक्राउ परेका ६ जनालाई नै आज सम्मानित अदालतमा उपस्थित गराईने जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।