विराटनगर, पुस ५
मोरङको सुन्दर–हरैँचा नगरपालिका–६ दुलारीमा दिउँसो आगलागी हुँदा अन्दाजी २ लाख ५० हजार मूल्य बराबरको क्षति भएको छ ।
सोही स्थान बस्ने उमाकान्त कोईरालाको ईट्टको गारो, टिनको छानो भएको १ तले घरमा बिजुलीको तार सर्ट भई आगलागी भएको थियो ।
दिउँसो सवा १२ बजे भएको आगलागीबाट कोईरालाको घरमा आंशिक क्षति भएको छ भने घर भित्र रहेको अन्नपात,लत्ताकपडा,भाडावर्तन लगायतका सामानहरु पूर्ण रुपमा जलेर नष्ट भएको छ ।
उक्त आगलागी दमकल, प्रहरी र स्थानीयवासीको सहयोगमा पूर्ण रुपमा नियन्त्रणमा लिईएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।