एजेन्सी,पुस ६
नेपाली युवा स्पिनर सन्दिप लामिछानेले अष्ट्रेलियाको बिग ब्यास लिगको डेब्यु खेलमा उत्कृष्ट प्रदर्शन गरेका छन् । बिग ब्यासमा मेलबर्न स्टार्समा आवद्ध भएका सन्दीले पहिलो खेलमो सिड्नी थन्डरविरुद्ध दुई विकेट लिए ।
आठौं ओभरमा सिड्नीविरुद्ध आफ्नो पहिलो ओभर बलिङ गरेका सन्दीपले दोस्रो बलमा नै विपक्षी कप्तान सेन वाटसनलाई लङ अन बाउन्ड्री नजिक क्याच आउट गराए ।
उनले त्यसको दुई बलमा नै क्यलम फर्गासनलाई आफैं क्याच गर्दै दोस्रो विकेट हात पारे । उनले पहिलो ओभरमा ३ रनमात्र खर्चे ।दोस्रो ओभरमा सन्दीपले ६ रन खर्चे । तेस्रो ओभरको अन्तिम बलमा जेसन संघाले छक्का प्रहार गरेपछि सन्दीपले त्यस ओभरमा १३ रन दिए ।
चौथो ओभरको पहिलो बलमा पनि संघाले सन्दीपको बलमा छक्का प्रहार गरे । संघाले तेस्रो बलमा गरेको प्रहर टप एज लाग्दै छक्का भयो । उनले त्यस ओभरमा १४ रन दिए ।
सन्दीपले जम्मा ४ ओभरमा २ विकेट लिंदै ३६ रन खर्चिए । सन्दीपले १४ औँ ओभरमा आफ्नो अन्तिम बलिङ गरेका थिए । थन्डरले १४ ओभरमा ४ विकेट गुमाउँदै १ सय १९ रन जोडेको छ ।
Sandeep Lamichhane is making his mark on the @BBL! Just Shane Watson for your first wicket, thank you very much. #BBL08 pic.twitter.com/OTgUjQn5hV
— cricket.com.au (@cricketcomau) December 21, 2018