टंकी सिनवारी जेसीजमा नयाँ नेतृत्व

६ पुस ७५, शनिबार

विराटनगर, पुस ६
बुढीगंगा गाउँपालिका स्थित टंकी सिनवारी जेसीजको वर्ष २०१९ का लागि नयाँ नेतृत्व चयन गरिएको छ । जेसीजको वर्ष २०१८ को साधारण सभाले जेसी ईश्वर भण्डारीको अध्यक्षतामा नयाँ नेतृत्व चयन गरिएको हो ।

जेसीजको उपाध्यक्षमा जेसी रुमा न्यौपाने, जेसी अमृता गच्छेदार, जेसी राघव कोईराला तथा जेसी शिवराम माझी चयन भएका छन् । त्यस्तै जेसीजको तालिम संयोजकमा जेसी नवराज शाह विजयी भएका छन् भने कार्यकारीणी उपाध्यक्षमा जेसी कृष्ण तामाङ तथा जेसी प्रमोद न्यौपाने चयन भएका छन् ।

Advertisement

जेसीजका पुर्व राष्ट्रिय अध्यक्ष जे.सी. आई सिनेटर अर्जुन प्रसाई प्रमुख अतिथी रहेको सो साधारणसभामा समाजसेवी एवम् टंकी सिनवारी जेसीज सामुदायीक भवनका जग्गादाता तथा मानार्थ सदस्य माधव कोईराला विशिष्ट अतिथी रहेका थिए ।

नयाँ नेतृत्व चयन पछि बोल्दै प्रमुख अतिथी प्रसाईले सबैले अनुशासनमा रही कार्य गर्न आग्रह गरे । त्यस्तै संस्थापक अध्यक्ष जे.सी.आई. सिनेटर भीमप्रसाद घिमिरेले नयाँ नेतृत्वलाई शुभकामना दिँदै शाखालाई एकजुट भई विगतका कमिकमजोरीहरुबाट पाठ सिक्न आग्रह गरे ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top