सुत्केरी बचाउन जहाज चार्टर

जाजरकोट : चार दिनकी सुत्केरीको रक्तस्राव नरोकिएपछि थप उपचारका लागि जहाज चार्टर गरी नेपालगन्ज लगिएको छ। जाजरकोट अस्पताल पुर्‍याइएकी जाजरकोट भेरी नगरपालिका–३ ठाँटीकी प्रतिभा पुन थापालाई जहाज चार्टर गरी शुक्रबार नेपालगन्ज पुर्‍याइएको हो।, यो खबर आजको अन्नपुर्ण पोष्टमा छ ।

२ लाख २५ हजार रुपैयाँमा तारा एयरको जहाज चार्टर गरी उनलाई उपचारका लागि लगिएको हो। उनको शिक्षण अस्पताल नेपालगन्जमा उपचार भइरहेको छ।

प्रतिभाले चार दिनअघि भेरी अञ्चल अस्पतालमा नर्मल डेलिभरीबाट छोरा जन्माएकी हुन्। बिहीबार घर फर्किएको केही समयपछि रक्तस्राव बढ्दै गएपछि उनी बेहोस भएकी थिइन्। तत्काल जाजरकोट अस्पताल पुर्‍याइए पनि दक्ष चिकित्सक र उपकरण अभावमा उनको उपचार हुन सकेको थिएन।

Advertisement

अस्पतालले नेपालगन्ज रिफर गरिदियो। ‘सुत्केरीको ज्यान बचाउन छिटो सुविधा सम्पन्न अस्पताल लैजान जाजरकोट अस्पतालका डाक्टरले सल्लाह दिए’, श्रीमान् पदम थापाले भने, ‘तर कसरी लैजाने ? स्थलमार्गबाट लैजाँदा कम्तीमा ५ घण्टा लाग्छ, त्यसैले जहाज चार्टर गर्नुपर्‍यो।’

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top