निर्मला हत्या प्रकरणमा बर्खास्तमा परेका एसपी विष्टले लेखे यस्तो स्ट्याटस

८ पुस ७५, आइतबार
Share this
732shares

डोटी : कञ्चनपुरकी १३ वर्षीया किशोरी निर्मला पन्त हत्या प्रकरणको अनुसन्धानमा लापरबाही गरेको भन्दै जागिर नै बर्खास्तमा परेका कञ्चनपुरका तत्कालीन प्रहरी प्रमुख एसपी डिल्लीराज विष्टले हिजोआज सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्ना पीडा पोख्न थाल्नुभएको छ ।

Advertisement

आफ्नो फेसबुकमा स्ट्याटस लेख्दै विष्टले सत्य इमानदारिताका पक्षमा वकालत गर्दागर्दै जागिरको अन्त्य भएको उल्लेख गर्नुभएको छ ।

‘सत्य–इमानदारिता र असल दायित्वको पक्षमा वकालत गर्दागर्दै जागिरको त अन्त्य भयो, तर निष्ठा र स्वाभिमानको अन्त्य भएन । खडेरी परेको बेलामा सत्य ओइलाउन सक्छ, तर कहिल्यै मर्दैन’ सामाजिक सञ्जाल फेसबुकमा विष्टले लेख्नुभएको छ ।,यो समाचार आजको नेपाल समाचारपत्रमा छ ।

Advertisement

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top