पुस १५ देखि प्रदेशबाटै पुन: श्रम स्वीकृति, विराटनगरमा पनि कार्यालय खोलियो

७ पुस ७५, आइतबार

विराटनगर,पुस ८
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले अब वैदेशिक रोजगारको लागि प्रदेश स्तरबाटै पुन : श्रम स्वीकृती दिने भएको छ । मन्त्रालयले पुस १५ गतेदेखि प्रदेशस्तरबाटै पुनः श्रमस्वीकृति र पूर्वश्रमस्वीकृति दिने निर्णय गरेको हो ।

मन्त्रालयले बिदामा आएका कामदारलाई सहज सुविधा दिन काठमाडौं केन्द्रित सुविधालाई प्रदेशमा लगेको हो। यसको लागि मन्त्रालयले आवश्यक प्रबन्ध मिलाइसकेको जनाएको छ ।श्रम तथा रोजगार कार्यालयको प्रदेशस्तरमा विराटनगर, धनुषा, बुटवल, सुर्खेत, पोखरा र धनगढीमा कार्यालय खोलिएको छ।

अहिले काठमाडौंस्थित वैदेशिक श्रम कार्यालयले बिदामा आउने झन्डै ५ हजार कामदारलाई दैनिक पुनस् श्रमस्वीकृति दिँदै आएको छ। श्रममन्त्री गोकर्ण विष्टले एउटै कार्यालयबाट सेवा दिँदा निकै चाप हुने र काठमाडौं नै आउनुपर्ने बाध्यकारी अवस्था हटाउन प्रदेशबाटै सेवा दिने व्यवस्था मिलाएको बताए।

Advertisement

काठमाडौं कार्यालयमा चाप पर्दा विदेशबाट आएका कामदारले ठूलो समस्या भोग्नु परिरहेको छ। पुन: श्रमस्वीकृति लिन म्यानपावर कम्पनीको संलग्नता आवश्यक पर्दैन भने बिमा र कल्याणकारी कोषबापत रकम बुझाएपछि पुन: श्रमस्वीकृति पाइने व्यवस्था छ।

एकपटक श्रमस्वीकृति लिएपछि खाडी क्षेत्रमा दुई र मलेसियामा तीन वर्षसम्म म्याद हुन्छ। श्रमस्वीकृतिको म्यादभित्र दुर्घटना, अंगभंग वा मृत्यु भएमा सरकारबाट राहतस्वरुप क्षतिपूर्ति पाउने वैदेशिक रोजगार प्रवद्र्धन बोर्डका कार्यकारी निर्देशक राजन श्रेष्ठले बताए। मृत्यु भएमा बोर्डबाट ७ लाख रुपैयाँ र बिमा समितिबाट १४ लाख रुपैयाँसम्म क्षतिपूर्ति पाउने व्यवस्था छ।

Advertisement

सरकारले वैदेशिक रोजगार ऐन संशोधन गरेपछि पुन : श्रमस्वीकृति नेपाली दूतावासबाटै दिने तयारी गरेको छ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

विश्वकप चलिरहँदा फिफाले लगायो नेपालमाथि प्रतिबन्ध

e7d1c79f-faab-434c-8176-89916b2123ee

दक्षिण अफ्रिका पहिलोपटक नकआउट चरणमा, मेक्सिकोको शतप्रतिशत जित

bebe885c-9608-40df-a9c3-0218325be6f5

राजनीतिक संकटपछि भनेजुएला एकैसाथ दुई शक्तिशाली भूकम्पको भुङ्ग्रोमा

venezueala earthquake

‘हिटवेभ’ कायमै, दिउँसो बाहिर ननिस्कनुः कुन सहरमा गर्मी कति ?

garmi

बालेन सरकारको एक्सप्रेस वेले काठमाडौँबाट २ घण्टामा पोखरा पुगिएला?

ffa015e2-9865-4845-91e1-255af2ca8345

बालेन सरकारको एक्सप्रेस वेले काठमाडौँबाट २ घण्टामा पोखरा पुगिएला?

balen

संघीयताको भोट लिएर प्रदेश खारेजीमा रास्वपा ? भड्किए सीके

balen rabi sudan

इरानी खेलाडीहरु फेरि अर्को तनावमा

LGBTQ

अन्तिम ३२ को पूरा गणितःकुन टोली कोसँग भिड्दैछन् ?

FIFA-2018-World-Cup-Featured-1366x768

के ४२ बर्षको उमेरमा मेस्सीले २०३० को विश्वकप फुटबल पनि खेल्छन ?

3b9190ec-620f-4049-992f-53748d6123a7

सम्बन्धित समाचार

Scroll to Top