ट्याक्टर दुर्घटनामा ३ जनाको मृत्यु, १ घाइते

८ पुस ७५, आइतबार

खोटाङ, पुस ८
खोटाङको दिक्तेल रुपाकोट–मझुवागढी नगरपालिका–६ कालीखोलामा आइतवार ट्याक्टर दुर्घटनामा ३ जनाको मृत्यु भएको छ भने १ जना घाइते भएका छन् । गए राती ३ बजेको समयमा दिक्तेल बजारबाट निर्मलीडाँडा तर्फ जाँदै गरेको को २ त ५६६० नम्बरको ट्याक्टर सडकबाट २ सय मिटर तल खसेर दुर्घटना भएको थियो ।

Advertisement

दुर्घटनामा परि चालक दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–९ बस्ने ३६ वर्षीय मीन प्रसाद लुईटेल, ट्याक्टरका कामदार २१ वर्षीय माईकल राईको घटनास्थलमा नै मृत्यु भएको हो भने ट्याक्टरका सह–चालक सोही नगरपालिका–७ दोर्पा बस्ने १९ वर्षीय ख्यामराज भुजेलको उपचरको क्रममा जिल्ला अस्पताल दिक्तेल बिहान ७ बजे मृत्यु भएको हो ।

दुर्घटनामा परि ट्याक्टरका कामदार सोही नगरपालिका–९ निर्मलीडाँडा बस्ने २१ वर्षीय दुर्गा बहादुर लईटेल गम्भीर घाइते भई उपचारको लागि जिल्ला अस्पताल दिक्तेल पठाईएकोमा थप उपचारको लागि हेलीकप्टरद्वारा काठमाण्डौ पठाईएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top