७ प्रदेशमा १९ औद्योगिक क्षेत्र थपिंदै, १६ हजार ८ सय बिगाहामा स्थापना हुने, ५ लाखलाई रोजगारी

काठमाडौँ,पुस ८

Advertisement

मुलुकका ७ प्रदेशमा १९ वटा औद्योगिक क्षेत्र स्थापना हुने भएसँगै औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले त्यसको आवश्यक तयारी गरिरहेको छ ।

१९ वटा औद्योगिक क्षेत्रका लागि १६ हजार ८२३ विगाहामा जमिन उपयोग हुने भएको छ । औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडका सूचना अधिकारी भोजराज बिडारीका अनुसार हाल नेपालमा ५ हजार ९ सय ७ रोपनीमा मात्रै औद्योगिक क्षेत्र सञ्चालन भैरहेको छ ।

Advertisement

नयाँ बन्न लागेका १९ वटा औद्योगिक क्षेत्रमा ५ वर्षको अवधिमा ठूला, मझौला र विदेशी लगानीका साना उद्योगमा ५ लाख ७४ हजार ७ सय ५० जनालाई रोजगारी दिने दाबी सरकारको तयारी छ ।

प्रदेश नम्बर १ मा २१ विगाहामा औद्योगिक क्षेत्र
प्रदेश नम्बर १ मा झापाको दमकमा २१ सय विगाहामा औद्योगिक क्षेत्र निर्माण भैरहेको छ । ४११ विगाह जग्गाको मूआब्जा वितरण र बाँकी जग्गाको नापजाँच कार्य भैरहेको औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले जनाएको छ ।

Advertisement

प्रदेश नम्बर २
यता, प्रदेश नम्बर २ मा ३ वटा औद्योगिक क्षेत्र स्थापना हुँदैछ । सर्लाहीको मूर्तिया, रौतहट र धनुषाको सबैलामा गरी ५ हजार ९ सय विगाहामा औद्योगिक क्षेत्र निर्माण हुनेछ ।

सर्लाहीको मूर्तियामा नेपालकै सबैभन्दा ठूलो औद्योगिक क्षेत्र निर्माण भैरहेको छ । उक्त क्षेत्रमा ५ हजार विगाहामा औद्योगिक क्षेत्र निर्माण हुनेछ । वातावरण प्रभाव मूल्याङ्कन र औद्योगिक क्षेत्र घोषणाको लागि मन्त्रिपरिषद्मा प्रस्ताव पेस भएको छ ।

रौतहट जिल्लामा भने औद्योगिक क्षेत्र कहाँ हुने टुंगिएको छैन । जग्गा पहिचानको कार्य भैरहेको छ । धनुषाको सबैलामा ९ सय विगाहामा जग्गा खोजी भइरहेको छ ।

प्रदेश नम्बर ३ मा थपिंदै ३ वटा औद्योगिक क्षेत्र
प्रदेश नम्बर ३ को मकवानपुरको मयुरधाप, चितवनको शक्तिखोर र काभ्रेको पनौतीमा गरी २०१६ विगाहामा औद्योगिक क्षेत्र निर्माण भैरहेको छ ।

मकवानपुरको मयुरधापमा २ सय, चितवनको शक्तिखोरमा १७४१ र काभ्रेको पनौतीमा ७५ विगाहामा औद्योगिक क्षेत्रको पूर्वाधार निर्माण भैरहेको छ । डिपीआर स्वीकृत र परियोजना कार्यालय स्थापना भएको छ । मकवानपुर र चितवनमा वातावरण प्रभाव मूल्याङ्कन र औद्योगिक क्षेत्र घोषणाको लागि मन्त्रिपरिषद्मा प्रस्ताव पेस भएको छ भने काभ्रेमा जग्गा पहिचानको कार्य भैरहेको छ ।

गण्डकी प्रदेशका कुन कुन जिल्लामा बन्दैछन् औद्योगिक क्षेत्र ?
गण्डकी प्रदेशमा गोरखाको च्याङ्कफाँट, तनहुँको चिन्तुटार र कास्कीको तल्लोपडिटारमा गरी १ हजार ३०७ विगाहामा औद्योगिक क्षेत्र निर्माण भैरहेको छ ।

गोरखाको च्याङ्कफाँटमा ८१२ विगाहा, तनहुँको चिन्तुटारमा ३७५ विगाहामा र कास्कीको तल्लोपडिटार १२० विगाहामा औद्योगिक क्षेत्र निर्माण भैरहेको छ ।

गोरखाको च्याङ्कफाँटको वातावरण प्रभाव मूल्याङ्कन, तनहुँको चिन्तुटारमा वातावरण प्रभाव मूल्याङ्कन र औद्योगिक क्षेत्र घोषणाको लागि मन्त्रिपरिषद्मा प्रस्ताव पेस भएको छ, भने कास्कीमा जग्गा पहिचानको कार्य हुँदैछ ।

प्रदेश नम्बर ५ मा औद्योगिक क्षेत्रको काम के हुँदैछ ?

प्रदेश नम्बर ५ को रुपन्देहीको मोतीपुर, बाँकेको नौवस्ता र दाङको लक्ष्मीपुरमा गरी १७०० विगाहामा औद्योगिक क्षेत्र निर्माण भैरहेको छ ।

रुपन्देहीको मोतीपुरमा ८१३ विगाहा, बाँकेको नौवस्ता ३३८ विगाहा र दाङको लक्ष्मीपुरमा ४५९ विगाहामा औद्योगिक क्षेत्र निर्माण भैरहेको छ । रुपन्देहीको मोतीपुर र बाँकेको नौवस्तामा औद्योगिक क्षेत्र निर्माणका लागि डिपीआर र वन तथा वातावरण मन्त्रालयबाट स्वीकृत भैसकेको छ ।
दाङको लक्ष्मीपुरमा वातावरण प्रभाव मूल्याङ्कन र औद्योगिक क्षेत्र घोषणाको लागि प्रस्थाव मन्त्रिपरिषद्मा पेस भएको छ ।

कर्णाली प्रदेशमा के हुँदैछ ?
सुर्खेतको साटाखानीमा, जुम्ला र दैलेखमा १३०० विगाहा जग्गा औद्योगिक क्षेत्र निर्माण हुँदैछ । सुर्खेतको साटाखानीमा ११ सय विगाहामा र जुम्लामा जग्गा पहिचान कार्य भइरहेको छ । दैलेखमा २०० विगाहाको औद्योगिक क्षेत्र घोषणाको लागि मन्त्रिपरिषद्मा प्रस्ताव पेस भएको छ ।

सुदूरपश्चिम प्रदेश

सुदूरपश्चिम प्रदेशमा कैलालीको लम्की, कञ्चनपुरको दैजी र कञ्चनपुरको दोधारा चाँदनीमा २ हजार ५०० विगाहामा औद्योगिक क्षेत्र निर्माण भैरहेको छ ।

कैलालीको लम्कीमा ११०० विगाहा, कञ्चनपुरको दैजी ९०० विगाहा र कञ्चनपुरको दोधारा चाँदनीमा ५०० विगाहामा औद्योगिक क्षेत्र निर्माण भैरहेको छ ।

कैलालीको लम्की र कञ्चनपुरको दैजी औद्योगिक क्षेत्र निर्माणका लागि डिपीआर स्वीकृत भएको छ । कञ्चनपुरको दोधारा चाँदनीमा औद्यागिको वातावरण प्रभाव मूल्याङ्कनको सम्बन्धी कार्य गर्न परामर्शदाता छनौटको काम भैरहेको छ ।(विकास न्युजबाट)

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top