नोबेलमा पारामेडिकलका नयाँ विद्यार्थीलाई स्वागत र बिदाई

८ पुस ७५, सोमबार

विराटनगर, पुस ९
नोबेल मेडिकल कलेजमा पारामेडिकलका नयाँ विद्यार्थीलाई स्वागत र अध्ययन पुरा गर्ने विद्यार्थीलाई बिदाई गरिएको छ । सीटीईभीटीको पारामेडिकल कार्यक्रम अन्र्तगत डिप्लोमा ईन फार्मेसी, ल्याव टेक्निसियन, डेन्टल हाईजिनिस्ट र रेडियोग्राफीमा भर्ना भएका नयाँ विद्यार्थीलाई स्वागत र सोहि संकायमा अध्ययन पुरा गरेका विद्यार्थीलाई एकैसाथ विदाई गरिएको हो ।

पारामेडिकल कार्यक्रमको दोस्रो र तेस्रो वर्षमा अध्ययनरत विद्यार्थीहरुले कार्यक्रम गरेका हुन् । सो अवसरमा नोबेल शिक्षण अस्पतालका प्रबन्ध निर्देशक इन्दिरा शर्मा, प्राचार्य डा.रामहरी घिमिरे, शैक्षिक कार्यक्रम संयोजक डिल्लीराम निरौला, आर्थिक विभाग प्रमुख अमिर न्यौपाने लगायतले विद्यार्थीहरुलाई खादा लगाएर स्वागत र अविरसहित मायाको चिनो दिएर विदाई गरे ।

Advertisement

कार्यक्रमलाई संबोधन गर्दै नोबेलका प्रबन्ध निर्देशक इन्दिरा शर्माले विदाई भएका विद्यार्थीहरुलाई उज्ज्वल भविष्यको शुभकामना ब्यक्त गरी नयाँ आएका विद्यार्थीहरुलाई राम्रो मेहनत गरेर अध्ययन गर्न सुझाव दिईन् । त्यस्तै कलेजका प्राचार्य डा.रामहरी घिमिरे र जनसम्पर्क अधिकृत नारायण दाहालले नयाँ विद्यार्थीलाई अनुशासित भएर कलेजको नियम कार्यान्वयन गर्न आग्रह गर्दै विदाई भएका विद्यार्थीहरुलाई नोबेलको नाम उच्च राख्नेगरी काम गर्न आग्रह गरे ।

Advertisement

नोबेलमा एम्डी, एमएस, एमवीवीएस, वीडीएस, वीएस्सी नर्सिङ, वीएनएस, स्टाफ नर्स, ल्याव टेक्निसियन, रेडियोग्राफी, डेन्टल हाईजिनिस्ट, डिफार्म लगायत संकायमा करिव १ हजार ६ सय विद्यार्थी अध्ययनरत छन् । नेपालका बिभिन्न जिल्लासँगै भारत, माल्दिभ्स लगायत देशबाट पनि विद्यार्थीहरु अध्ययनका लागि आउँने गरेको नोबेल मेडिकल कलेजले जनाएको छ ।

Advertisement

भर्खरको समाचार

कुवेतका जेलमा छन् ७ महिलासहित ६३ नेपाली

Kuwait Tower City Skyline glowing at night, taken in Kuwait in December 2018 taken in hdr

युएस–इरान सम्झौतामा खामेनी विजेता, एक्सपट्र्सले दिए ६ कारण

250330-donald-trump-Masoud-Pezeshkian-vl-944a-4fa6e7

ठेकेदारको खुट्टा भाँच्ने अभिव्यक्तिमा मन्त्री लम्सालले दिए प्रष्टीकरण

sunil

राजाको सपना, नेताको असफलता !१० वर्षदेखि बन्द गोरखकाली रबर उद्योग

Gorakhkaali tyre factory at Gorkha. Photo: Prakash Chandra Timi8lsena/ Nepal Photo Library

कोशी प्रदेशको बजेटमा बेथिति, ५ हजार योजनामा कनिका बजेट

koshi_pradesh_20230607154312

इ–पासपोर्ट खरिद प्रक्रियामा आरजु राणा पनि अख्तियारको दायरामा

aarju

पासपोर्ट खरिद प्रकरणःदेउवा पुत्रको खोजी, ४ जर्मन प्रतिनिधिलाई बोलाइयो

passport

बालेनले भ्रष्टाचारको छानविन गर्न अख्तियार प्रमुख थुनेका हुन् ? विपक्षीले घेरे

42d7ef3b-93be-40c8-b552-3bd4e09919d9

ह्यारी केन,जसले आफ्नो कथा आफै लेखे

AFP__20260617__B7G324B__v1__MidRes__FblWc2026Match22EngCro-1781734047

कोलम्बियाको सानदार सुरूआत, उज्बेकिस्तान ३–१ ले पराजित

col_pepnhxqvYI

सम्बन्धित समाचार

Scroll to Top