विराट एक्स्पोबाट बाहिरियो बुलेट चाउचाउ, मुख्य प्रायोजकलाई असर पर्ने गरी बिक्री नगर्न आयोजकको आग्रह

विराटनगर, पुस ९

मोरङ ब्यापार संघले आयोजना गरेको ‘विराट ट्रेड एक्पो अन्तर्राष्ट्रिय ब्यापार मेला’बाट एक चाउचाउ कम्पनीले स्टल हटाएकाे छ ।

रमपम तयारी चाउचाउकाे उत्पादक कम्पनी एशियन थाइफूड्सले आफ्नो ब्यापारमा असर गरेको भन्दै आयोजकसँग गुनासो गरेपछि क्वालिटी थाइफूड्सको बुलेट र वान टू थ्री चाउचाउ बिक्रीमा रोक लगाइएको थियो ।

Advertisement

आयोजकले चाउ चाउ विक्री गर्न नदिएपछि सोमबार क्वालेटी थाइफुडस मेलाबाट बाहिरिएको हो । मेलाको मुख्य प्रायोजक समेत रहेको एशियन थाइफूड्सका सञ्चालक महेश जाजुले आयोजक समक्ष गुनासो गरेका थिए ।

बुलेट चाउचाउ उत्पादन गर्दै आएको क्वालेटीले एक्पोमा ४ वटा स्टल बुक गरेको थियो । आफ्नो मुख्य उत्पादन बिक्री गर्न नपाएपछि मेलाबाट बाहिरिएको क्वालिटी थाइफुड्सका ब्राण्ड म्यानेजर महानन्द सापकोटाले जानकारी दिए ।

Advertisement

‘हामीले चारवटा स्टल लिएका थियौं’, उनले भने, ‘हाम्रो मुख्य ब्राण्ड चाउचाउ हो, बिक्री गर्न नदिएपछि स्टल हटायौं ।’
मेला आयोजक समिति संयोजक अनुपम राठी मुख्य प्रायोजकले प्रश्न उठाएपछि क्वालेटीलाई चाउ चाउ नबेच्न आग्रह गरिएको बताए ।

‘रमपमले मुख्य प्रयोजन गर्दै १५ लाख रुपैया दिएको छ’, उनले भने, ‘मुख्य प्रयोजककालागि असर गर्नेगरी चाउचाउ बिक्री नगर्न भनेका छौ ।’

क्वालिटीका अन्य उत्पादन पनि भएकाले चाउचाउका बिक्री नगर्न आग्रह गरिएको उनको दाबी छ ।क्वालिटीका ब्राण्ड म्यानेजर सापकोटा भने आयोजकले शुरुमा कुनै जानकारी नदिई अचानक चाउचाउ बिक्री नगर्न दबाव दिएको दाबी गर्छन् । (अनलाईन खबरबाट)

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top