विराटनगरमा प्याजेन्ट नेपालले फेशन शोको आयोजना गर्ने

९ पुस ७५, मंगलबार

विराटनगर,पुस १०
विराटनगरमा प्याजेन्ट नेपाल पूर्वान्चल फेशन शोको आयोजना हुने भएको छ । देश तथा विदेशमा फेशन शो लगायतका कार्यक्रम गरेर ख्याति कमाएको प्याजेन्ट नेपालले विराटनगरमा पुस अन्तिम साता फेशन शो गर्ने भएको हो ।

नेपालका चर्चित फेशन डिजाईनरहरुले तयार पार्ने उत्कृष्ट, फरक एवं नयां शैलीका डिजाईनमा तयार पारिएका पहिरनलाई राष्ट्रिय तथा अन्तराष्ट्रिय क्षेत्रमा प्रवद्र्धन गर्ने उद्देश्यले उपत्यका बाहिर कार्यक्रम विराटनगरमा फेशन शो गर्न लागेको प्याजेन्ट नेपालका प्रबन्ध निर्देशक तथा चर्चित फेशन डिजाईनर ममथा बस्नेतले बताईन् ।

इटहरी, बिर्तामोड,दमक, धरान तथा विराटनगरमा उक्त शोका लागि मोडलहरुको छनौट भईरहेको छ । मोडल छनौटका लागि बिराटनगरको द व्यन्जन फुडल्याण्डमा पुस १४ गते अडिसन गर्ने कार्यक्रम रहेको छ । र्याम्प शो तथा आफ्नो प्रस्तुती दिन ईच्छुक युवा तथा युवतीले आफुलाई पायक पर्ने स्थानमा तोकिएको मितिमा अडिसन दिन सक्ने प्रबन्ध निर्देशक बस्नेतले बताईन् ।

Advertisement

उक्त फेशन शो को लागि उत्कृष्ट पुरुष तथा महिला मोडलहरुको छनौटका लागि लोकप्रिय सेलिब्रेटी, फेशन डिजाईनर तथा कोरियोग्राफरहरुको निर्णायक मण्डलको रहनेछ । प्रबन्ध निर्देशक बस्नेतका अनुसार छनौट भएका मोडलहरुलाई तालिम, फोटोग्राफी, ड्रेस, मिडिया प्रमोशन उपलव्ध गराईने छ ।

नेपालकै चर्चित कोरियोग्राफरको कोरियोग्राफीमा १ हप्ते निःशुल्क तालिम हुने उक्त शोमा नेपालका चर्चित गायक गायिका, लोकप्रिय हांस्य कलाकारहरुबाट मनोरन्जनात्मक कार्यक्रम समेत प्रस्तुत गरिने छ । प्याजेन्ट नेपालका अध्यक्ष राज लुईटेलका अनुसार यस शो मा सहभागी मध्येकै उत्कृष्ट केहि मोडलहरुलाई फेब्रुअरीमा थाईल्याण्डको बैंककमा हुन लागेको अन्तराष्ट्रिय फेशन शोमा सहभागी गराईनेछ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top