NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
तिक्तताभुलेर हात मिलाउँदै सी र मोदी बुधबार असार ३२ , २०८२
गृहमन्त्रीले चाँही राजीनामागर्नु पर्दैन ? प्रधानमन्त्री किन लाचार ? बुधबार असार ३२ , २०८२
अर्घाखाँची पहिरोमा दम्पत्तिको मृत्यु, आज २९ जिल्लामा ‘एल्लो अलर्ट’ बुधबार असार ३२ , २०८२
३९ वर्षे मोड्रिच मिलान पुगे ,रियल म्याड्रिड किन छाडे ? मङ्लबार असार ३१ , २०८२
सुपर पावरको दौडमा चीन,अमेरिका पीडितसँग सम्बन्ध जोड्दै मङ्लबार असार ३१ , २०८२
Next
Prev

समाचार

भोलीबाट हिउँदे अधिवेशन : १७४ वटा कानुन संशोधनको पाइपलाइनमा

मङ्लबार पुस १० , २०७५
Reading Time: 1 min read
A A
Advertisement
सुरक्षित मातृत्व विधेयकमाथि संसदमा छलफल
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

काठमाडौँ,पुस १०

सङ्घीय संसद् (प्रतिनिधिसभा र राष्ट्रियसभा) को तेस्रो अधिवेशन भोलि बुधबारदेखि शुरु हुँदैछ । राष्ट्रपति विद्यादेवी भण्डारीले संसद् भवन नयाँ बानेश्वरमा बुधबार अपराह्न ४ बजे प्रारम्भ हुने गरी सङ्घीय संसद्को दुवै सदनको अधिवेशन आह्वान गरेकी छन् । नेपालको संविधानले सरकारको सिफारिशमा राष्ट्रपतिलाई सङ्घीय संसद्को अधिवेशन आह्वान र अन्य गर्ने अधिकार प्रदान गरेको छ ।

संसद्को हिउँदे अधिवेशनका रुपमा रहने यो अधिवेशनलाई विधेयक अधिवेशनका रुपमा लिने गरिन्छ । संसद्को आगामी अधिवेशनको पूरै अवधि विधेयकमाथि छलफल र पारित गर्ने विषयमा नै केन्द्रित रहेको छ ।

Advertisement

नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङले चलनचल्तीको भाषामा हिँउदे अधिवेशन भनिए पनि यो अधिवेशनको मुख्य जिम्मेवारी भनेको विधेयकमाथिको छलफल र पारित गर्नु नै भएको बताए ।

उनले भने, ‘यस पटकको यो अधिवेशनको अलि विशेष नै महत्व छ, कर्मचारी समायोजनसम्बन्धी अध्यादेश प्रस्तुत हुनेछ, साझा सूचीमा रहेका कानून बनाउनु पर्नेछ, संविधानसँग बाँझिएका हदसम्म बदर हुने कानूनको संशोधन गर्नु पर्नेछ, सरकारले त्यसको तयारी गरिरहेको जनाएको छ ।’

आगामी फागुन २१ गते अर्थात (सङ्घीय संसद्को पहिलो बैठक बसेको एक वर्षभित्र) नेपालको संविधानसँग बाझिने कानून नयाँ ल्याएर होस् वा संशोधन गरेर होस् संविधानसम्मत बनाई सक्नुपर्ने कार्यभार रहेको हुँदा यो अधिवेशन निकै महत्वप पूर्ण रहेको छ ।

सरकारले त्यस्ता कानूनको पहिचान गर्ने र संसद्का दुवै सदनले एउटा निश्चित समयावधिभित्रै सबै विधि र प्रक्रिया पूरा गरेर अघि बढ्नुपर्ने भएकाले यो विषय आफैँमा पनि चुनौतीपूर्ण र बाध्यकारी छ । कानून, न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकाल भन्छन्, ‘मुलुकमा विद्यमान रहेका ३३९ कानूनमध्ये १६५ पूर्ण छन्, यिनले संविधान र सङ्घीयता चिनेका छन्, अरुलाई संशोधन र परिमार्जन गरेर संविधान र सङ्घीयतालाई चिनाउनुपर्नेछ ।’

‘संविधानको साझा सूची, संविधानको धारा ३०४ र सङ्क्रमणकालीन न्यायसँग सम्बन्धित कानून निर्माणलाई सरकारले प्राथमिकतामा राखेर काम गरिरहेको छ, वर्षको हिसाबले हेर्ने हो भने कानून निर्माणको वर्षको क्रममा समयक्रमले ल्याएको छ, यद्यपि, धेरै काम निश्चित समयावधिभित्र पूरा गर्नुपर्ने भएकाले समयले भने चापेको छ’ उनी भन्छन् ।

उक्त कार्यका लागि कम्तीमा पनि ३५ देखि ४० वटा विधेयक आउने अनुमान गरिएकोमा हालसम्म संसद् सचिवालयमा केबल तीन वटा मात्र विधेयक दर्ता भएको बताइएको छ । कर्मचारी समायोजनसम्बन्धी अध्यादेश संसद् नभएको बेला यो बीचमा जारी भएको हुँदा संसद् प्रारम्भ भएकै दिन उक्त अध्यादेश सदनसमक्ष प्रस्तुत हुनेछ ।

प्रमुख प्रतिपक्ष दल नेपाली काङ्ग्रेस संसदीय दलका सचेतक पुष्प भुसालले संविधानसँग बाँझिएका कानूनको संशोधन, साझा सूचीमा रहेका कानून निर्माणलाई तदारुकता दिनुपर्नेमा सरकारले आवश्यक ध्यान नपुर्याएको विषयमा सदनमा कुरा उठाउने बताए । उनले भने, ‘मुलुकमा व्याप्त भ्रष्टाचार, महँगी र शान्ति सुरक्षामा देखिएका कमजोरी तथा जनताका सरोकारका विषयमा सदनमा आवाज उठाइने छ ।’

एउटा अधिवेशनको समाप्ति र अर्को अधिवेशनको प्रारम्भका बीचको अवधि ६ महिनाभन्दा बढी हुन नहुने संवैधानिक व्यवस्था छ । संसद्को पहिलो बैठकमा संसद् आह्वानसम्बन्धी राष्ट्रपति कार्यालयबाट प्राप्त पत्र सभामुख र अध्यक्षले आ–आफ्ना सदनसमक्ष वाचन गर्नेछन् । अरु विषय भने कार्य व्यवस्था परामर्श समितिले तय गरेको कार्यसूचीका आधारमा सदनका काम कारवाही अघि बढ्ने छ । अघिल्लो संसद् चलेका बेला दर्ता भएकामध्ये प्रतिनिधिसभामा सात र राष्ट्रियसभामा रहेका तीन विधेयक छलफलका लागि एकापसका सदनमा पठाइने छ ।

नेपाली जनताका प्रतिनिधिले सार्वभौमसत्ताको पूर्ण अभ्यास गर्ने सङ्घीय संसद् प्रतिनिधिसभा र राष्ट्रियसभा गरी दुई सदनात्मक छ । सङ्घीय संसद्को प्रमुख कार्य भनेको सङ्घको अधिकार क्षेत्रका विषयमा कानून निर्माण गर्ने, सरकार गठन गर्ने, सरकारको नीति तथा कार्यक्रममाथि छलफल र पारित गर्ने, संविधान संशोधन र जनमत सङ्ग्रहसम्बन्धी निर्णय गर्ने हो ।

बजेट छलफल र पारित गर्ने, सरकारका नियमित काम कारवाहीको निगरानी राख्ने, सरकारलाई आवश्यक निर्देशन र सुझाव दिने तथा अन्तर्राष्ट्रिय सन्धि सम्झौता अनुमोदन गर्ने सङ्घीय संसद्का प्रमुख कार्यभार हुन् ।

कूल ३३४ सदस्यीय सङ्घीय संसद्मा ११२ महिला सदस्यको प्रतिनिधित्व छ । प्रतिनिधिसभा २७५ सदस्यीय छ भने राष्ट्रियसभा ५९ सदस्यीय हो । प्रतिनिधिसभामा नेपाल कम्युनिष्ट पार्टी (नेकपा), नेपाली काङ्ग्रेस, राष्ट्रिय जनता पार्टी नेपाल, सङ्घीय समाजवादी फोरम, नयाँ शक्ति पार्टी नेपाल, नेपाल मजदूर किसान पार्टी, राष्ट्रिय जनमोर्चा र राष्ट्रिय प्रजातन्त्र पार्टीको प्रतिनिधित्व छ । छक्कबहादुर लामा स्वतन्त्र सांसदको रुपमा प्रतिनिधिसभामा रहेका छन् ।

सङ्घीय सदनको माथिल्लो सदन राष्ट्रियसभामा भने नेकपा, नेपाली काङ्ग्रेस, राजपा र सङ्घीय समाजवादी फोरम दलका प्रतिनिधि र तीन मनोनीत सांसदले प्रतिनिधित्व गरेका छन्। ‘मिनी पार्लियामेन्टस्’ का रुपमा प्रतिनिधिसभा मातहत १०, राष्ट्रियसभाका चार र संयुक्त समिति दुईवटा छन् ।

कानून निर्माणसम्बन्धी सङ्घ, प्रदेश र स्थानीय तहमा आ–आफ्ना सूची रहेका छन्, पहिलो प्राथमिकता आ–आफ्ना कानून निर्माणलाई तत् निकायले प्राथमिकता दिनुपर्दछ भने साझा सूचीको कानून बनाउने विषयको नेतृत्व केन्द्रले लिनुपर्दछ । सङ्घीय संसद् सचिवालयका प्रवक्ता डा.रोजनाथ पाण्डेले बुधबार बस्ने बैठकको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिए ।

पहिलो बैठकमा राष्ट्रपति कार्यालयको पत्र वाचन गर्ने, राष्ट्रियसभाबाट पारित भई प्रतिनिधिसभामा सन्देशसहित पठाएको प्रशासकीय अदालतसम्बन्धी विधेयक टेबुल गर्ने तथा कर्मचारी समायोजनसम्बन्धी अध्यादेश प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको उनले जानकारी दिए ।

त्यसकारण साझा सूचीमा रहेको कानून निर्माणको गृहकार्य गर्ने ठूलो जिम्मेवारी केन्द्रकै हो भन्नुको अर्थ सङ्घीय संसद्ले नेतृत्व गर्नुपर्छ भन्ने हो । छोटो समयमा कानून निर्माणसम्बन्धी धेरै काम गर्नुपर्ने भएकाले सरकार र संसद्ले आगामी अधिवेशनमा निकै सक्रिय र चनाखोका साथ काम गर्नुपर्ने चुनौती रहेको छ । रासस/नारायण न्यौपाने

लोकप्रीय

मोदीले के भने? खुसी हुँदै चीनले सम्झियो ‘ड्र्यागन–हात्ती नृत्य’

तिक्तताभुलेर हात मिलाउँदै सी र मोदी

बुधबार असार ३२ , २०८२
गृहमन्त्रीले चाँही राजीनामागर्नु पर्दैन ? प्रधानमन्त्री किन लाचार ?

गृहमन्त्रीले चाँही राजीनामागर्नु पर्दैन ? प्रधानमन्त्री किन लाचार ?

बुधबार असार ३२ , २०८२
काठमाडौं विश्वकै चौंथो प्रदूषित सहर, आज कहाँको मौसम कस्तो छ ?

अर्घाखाँची पहिरोमा दम्पत्तिको मृत्यु, आज २९ जिल्लामा ‘एल्लो अलर्ट’

बुधबार असार ३२ , २०८२

विचार

मोदीले के भने? खुसी हुँदै चीनले सम्झियो ‘ड्र्यागन–हात्ती नृत्य’

तिक्तताभुलेर हात मिलाउँदै सी र मोदी

बुधबार असार ३२ , २०८२
गृहमन्त्रीले चाँही राजीनामागर्नु पर्दैन ? प्रधानमन्त्री किन लाचार ?

गृहमन्त्रीले चाँही राजीनामागर्नु पर्दैन ? प्रधानमन्त्री किन लाचार ?

बुधबार असार ३२ , २०८२
काठमाडौं विश्वकै चौंथो प्रदूषित सहर, आज कहाँको मौसम कस्तो छ ?

अर्घाखाँची पहिरोमा दम्पत्तिको मृत्यु, आज २९ जिल्लामा ‘एल्लो अलर्ट’

बुधबार असार ३२ , २०८२

थप समाचार

मोदीले के भने? खुसी हुँदै चीनले सम्झियो ‘ड्र्यागन–हात्ती नृत्य’
अन्तर्राष्ट्रिय

तिक्तताभुलेर हात मिलाउँदै सी र मोदी

बुधबार असार ३२ , २०८२
गृहमन्त्रीले चाँही राजीनामागर्नु पर्दैन ? प्रधानमन्त्री किन लाचार ?
ताजा समाचार

गृहमन्त्रीले चाँही राजीनामागर्नु पर्दैन ? प्रधानमन्त्री किन लाचार ?

बुधबार असार ३२ , २०८२
काठमाडौं विश्वकै चौंथो प्रदूषित सहर, आज कहाँको मौसम कस्तो छ ?
ताजा समाचार

अर्घाखाँची पहिरोमा दम्पत्तिको मृत्यु, आज २९ जिल्लामा ‘एल्लो अलर्ट’

बुधबार असार ३२ , २०८२
३९ वर्षे मोड्रिच मिलान पुगे ,रियल म्याड्रिड किन छाडे ?
अन्तर्राष्ट्रिय

३९ वर्षे मोड्रिच मिलान पुगे ,रियल म्याड्रिड किन छाडे ?

मङ्लबार असार ३१ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42

Nepal का नयाँ नायक Balen: काठमाडौंका मेयर र जनताका साथी|| Nepal Times #balen #shah #kathmandu

00:12:14
Currently Playing

World News: Ukraineमा जासुसी गर्ने अमेरिकीलाई Russian पासपोर्ट, लेबनानमा फेरि ह*म*ला || Nepal Times

World News: Ukraineमा जासुसी गर्ने अमेरिकीलाई Russian पासपोर्ट, लेबनानमा फेरि ह*म*ला || Nepal Times

00:16:18

World News: अमेरिकामा मूल्यबृद्धि, चिनियाँ अर्थतन्त्रमा हरियाली, सीको विदेशमन्त्रीहरुसंग भेट

00:17:16

World News: Syria दंगामा ३०को मृ*त्यु, बेलायती विमानमा आगो || Nepal Times

00:17:08

World News:एकैदिन ११० प्यालेस्टिनी मा*रि*ए, गाजाको ८६% क्षेत्र कब्जा, दशौं हजार विस्थापित

00:14:06

World News:Iranले १६ दिनमा ५ लाख अफगानी निकाल्यो, बौद्ध बिहारमा ह*म*ला || Nepal Times

00:16:43

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

जनतालाई उद्धार गर्न डुङ्गा छैन, प्रहरीलाई बन्दुक  किन्ने

जनतालाई उद्धार गर्न डुङ्गा छैन, प्रहरीलाई बन्दुक  किन्ने

मङ्लबार असार २४ , २०८२
महिला फुटबल प्रशिक्षक नफर्किने मुडमा, एन्फाले काम गर्न दिएन

महिला फुटबल प्रशिक्षक नफर्किने मुडमा, एन्फाले काम गर्न दिएन

मङ्लबार असार २४ , २०८२
हिमताल फुटेको आशंका,मितेरी पुल बगेपछि टुट्यो नेपाल–चीन सम्पर्क

हिमताल फुटेको आशंका,मितेरी पुल बगेपछि टुट्यो नेपाल–चीन सम्पर्क

मङ्लबार असार २४ , २०८२

हालका पोस्टहरू

मोदीले के भने? खुसी हुँदै चीनले सम्झियो ‘ड्र्यागन–हात्ती नृत्य’

तिक्तताभुलेर हात मिलाउँदै सी र मोदी

बुधबार असार ३२ , २०८२
गृहमन्त्रीले चाँही राजीनामागर्नु पर्दैन ? प्रधानमन्त्री किन लाचार ?

गृहमन्त्रीले चाँही राजीनामागर्नु पर्दैन ? प्रधानमन्त्री किन लाचार ?

बुधबार असार ३२ , २०८२
काठमाडौं विश्वकै चौंथो प्रदूषित सहर, आज कहाँको मौसम कस्तो छ ?

अर्घाखाँची पहिरोमा दम्पत्तिको मृत्यु, आज २९ जिल्लामा ‘एल्लो अलर्ट’

बुधबार असार ३२ , २०८२
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.