×

NEPAL TIMES UPDATES

Playing
Watch Top15 News Of The Day in 5 Minutes || Nepal Times
Apr 18, 2026
Playing
इस्लामावाद वार्ताका लागि तयार, तर भाँडिने संकेत|| Nepal Times
Apr 18, 2026
Playing
World News: सिरियाबाट १२ वर्षपछि अमेरिकी सेना फिर्ता, राहुल गान्धीविरुद्ध एफआईआर || Nepal Times
Apr 18, 2026
Playing
चीनका चार रहस्यमयी विमान इरान पुगे? || Nepal Times
Apr 18, 2026
Playing
“मुस्ताङको युरेनियम लिन विदेशी से*ना आउँदै?” — Parsaiको सनसनीपूर्ण दाबी
Apr 18, 2026
Playing
देउवा समूह चोईटेला ? पूर्णबहादुरले बोलाए असन्तुष्टहरुको बैठक || Nepal Times
Apr 18, 2026
Playing
एक्लिएका ओलीलाई प्रचण्डको याद आयो, एकता गर्न किन खोज्दै छन् ? || Nepal Times
Apr 18, 2026
Playing
Top 15 Afternoon News || April-18-2026 || Nepal Times
Apr 18, 2026
Playing
अमेरिकी ‘युवा परिषद् नेपाल’ भर्सेस चिनियाँ ‘युथ पायोनियर प्रोग्राम’ || Nepal Times
Apr 18, 2026
Playing
इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी|| Nepal Times
Apr 18, 2026

डेढ अर्ब नपाए काम नगर्ने मेलम्चीका स्वदेशी ठेकेदारको चेतावनी

११ पुष २०७५

काठमाडौं,पुस ११

मेलम्ची खानेपानी आयोजनामा मुल ठेकेदारका लागि काम गरिरहेका ४४ वटा सहायक ठेकेदारहरुले एक अर्ब ५० करोड रुपैंयाँ भुक्तानी नपाए काम रोक्ने चेतावनी दिएका छन् । मंगलबार राजधानीमा पत्रकार सम्मेलन गर्दै उनीहरुले सरकारका कारण आफूहरुले ठेकेदारबाट भुक्तानी नपाएको गुनासो पोख्दै तत्काल पैसा नपाए काम रोक्ने चेतावनी दिएका हुन् ।

Advertisement
Advertisement

उनीहरुले आफूहरुको विभिन्न ४४ वटा कम्पनीलगायतले सीएमसीबाट करिब डेढ अर्ब रुपैयाँ भुक्तानी पाउन बाँकी रहेको पनि जानकारी गराए । मेलम्ची आयोजनालाई निर्धारित समयमै सम्पन्न गर्न र नेपालीहरुले आयोजनामा बैंक कर्जा लिएर वा घरखेत बेचेर गरेको लगानी उठाउन वर्तमान सरकार गम्भिर हुनुपर्ने पनि उनीहरुको आग्रह छ ।

बिरामोटर्स, ज्योतिश्री, बीएम ईन्टरप्राईजेज, मेगाटेक हाईड्रो एण्ड ईन्फ्रास्ट्रक्चर, एचजी ईन्टरप्राईजेज, जाल्पा ईन्फ्रस्ट्रक्चर लगायत विभिन्न ४४ वटा कम्पनीका प्रतिनिधिहरुले पत्रकार सम्मेलनमार्फत विभिन्न ५ बुँदे मागसमेत अघि सारेका छन् ।

उनीहरुले अघि सारेका मागहरुमा उक्त आयोजनाले हालसम्म भुक्तानी गर्न सम्पूर्ण बाँकी रकम नेपाली व्यवसायी एवम् कामदारलाई तिर्ने शर्त ठेकेदार सीएमसीलाई भुक्तानी सरकारले गर्नुपर्ने, कुनै कारणवश ठेक्का रद्द हुने अवस्था आए सीएमसीको धरौटी वा भुक्तानी गर्न सम्पूर्ण बाँकी रकम वा रिटेन्सनबाट नेपाली व्यवसायीको भुक्तानी सरकारले गर्नुपर्ने र खानेपानीजस्तो संवेदनशील राष्ट्रिय गौरवको आयोजना निर्धारित समय तालिकामा सम्पन्न गर्न तत्काल कार्यतालिका सार्वजनिक गर्न र आयोजना सुचारु गर्नुपर्ने रहेका छन् ।

कार्यक्रममा मेलम्ची खानेपानी आयोजनाको मुख्य ठेकेदार कम्पनी सीएमसी पीडित नेपाली समूहका संयोजक ई. श्रीराम न्यौपानेले उक्त आयोजनालाई सम्पन्नको अन्तिम चरणमा पुर्याउन योगदान गर्ने नेपाली उपकरण, नेपाली श्रम र नेपाली लगानीलाई खेर जान नदिन सरकार गम्भिर बन्नुपर्ने धारणा राखे ।

उनले भने,‘यो आयोजनालाई सम्पन्न गराउन हामी नेपाली व्यवसायीले मुख्य भूमिका निर्वाह गरेको कुरा सर्वविदितै छ । अब सरकारले हामीलाई भुक्तानी गर्ने शर्तमा मात्रै यो आयोजनाको मुख्य ठेकेदार कम्पनी सीएमसीलाई भुक्तानी गरोस् । अथवा कुनै कारणवश यो ठेक्का रद्द हुने अवस्था आएमा ठेकेदारलाई भुक्तानी गर्नुपर्ने रकमबाट कट्टा गरी वा धरौटी वा रिटेन्सनबाट समेत कट्टा गरि हामीलाई भुक्तानी गर्नतर्फ सरकारको ध्यानाकार्षण गराउँछौं ।’

सरकारका तर्फबाट आफूहरुको माग सम्बोधन हुनेमा आफुहरु विश्वस्त रहेको पनि न्यौपानेले सुनाए । उनले भने,‘सरकारले हाम्रो माग सम्बोधन गर्छ भन्ने हामीलाई पूर्ण विश्वास छ । यही विश्वासका साथ हामी कामदार, निर्माण सामग्री वितरणकर्ता, ढुवानीकर्ता, उपठेकेदारलगायतका पीडित पक्षलाई सहयोग पुर्याउन नेपाल सरकार, मन्त्रालय, मेलम्ची खानेपानी विकास समिति, वैदेशिक लगानीकर्ता, राजनीतिक दलहरु, सञ्चार माध्यम, काठमाडौंवासी तथा सम्पूर्ण देशवासीमा हार्दिक अपिल गर्दछौं ।’

त्यस्तै उनीहरुले सरकारले आफ्ना मागहरु समयमै सम्बोधन नगरे ‘नो सप्लाई, नो वर्क’ अर्थात ‘सामग्री ढुवानी नगर्ने र कामपनि नगर्ने’को नीतिसहित कडा रुपमा प्रस्तुत हुनेपनि चेतावनी दिएका छन् । आफूहरुको बाध्यकारी कदमबाट उत्पन्न हुने जस्तोसुकै परिस्थितिको जिम्मेवारी स्वयम सरकार नै हुनेपनि उनीहरुको भनाई छ ।

कार्यक्रममा विष्णुमणि आचार्य, किरण थापा, विज्ञहरु इञ्जिनियर. नियाज अहमद, इञ्जिनियर तारा सापकोटालगायतले सरकार उक्त आयोजनाको मुख्य ठेकेदार कम्पनी सीएमसी पीडित नेपाली समूहको मागप्रति संवेदनशील बन्नुपर्ने धारणा राखेका थिए । आफूहरुले उठाएका माग तत्काल सम्बोधन नभए आफूहरु बाध्यकारी कदम चाल्न पनि पछि नहट्ने उनीहरुको चेतावनी छ ।

इञ्जिनियर सापकोटाले करार सम्झौताका प्रावधानबारे प्रकाश पार्दै उक्त आयोजनामा सम्झौता उल्लंघन गर्ने पक्षले ठूलो मुल्य चुकाउनुपर्ने खतरा औंल्याए । उनले भने,‘ठेक्का सम्झौताको दफा १६ को उपदफा २ बमोजिम समयमै पैसा भुक्तानी नगरेका कारण र ठेकेदार पक्षले मेलम्ची बोर्डको कमजोरी देखाई एकतर्फी ठेक्का सम्झौता तोड्नेजस्तो अवस्था निम्तिनु दुर्भाग्य हो ।’

Advertisement

(विकास न्युजबाट)

भर्खरको समाचार

इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी

donald_trump

ओली हटाएर एमाले अध्यक्ष बन्न तम्सिदैछिन् विद्या

Bidhya-Bhandati-and-Kp

आजदेखि ‘भेहिकल फ्रि असन’

Places-To-Visit-in-Kathmandu-Ason-Spice-Market-Nepal

कांग्रेस विवादको कानुनी बाटो सकियो, देउवाको रिट खारेज, फैसलामा के छ ?

deuwba and gagan

कांग्रेस प्रति दिलदार रास्वपा ! भ्रष्टचारको फाइल अड्काउने श्रम संस्कृतिलाई डर

harka-and-rabi-2-1711872787

पार्टीमा कुर्सी हल्लिएपछि प्रचण्डको ’त्यो’ र ओलीको ’यो’ स्वार्थ मिल्यो

_126009314_prachanda_oli_

अब अस्पतालमा पनि दुई दिन बिदा, आकस्मिक सेवा सञ्चालन हुने

swasthya-mantralaya

बालेन,रवि, प्रचण्डले आमालाई कसरी सम्झिए ? म नेपाल आमा हाँसेको हेर्न चाहन्छु।

674536346_955343240419027_988202194885674559_n (1)

“आमा”

cdc212c1-c8e6-4838-a4f5-496822c8e048

Lebanon–Israel  १० दिन शान्त,Iranसँग सम्झौता नजिक

thumbs_b_c_28fdaf3eb721532ff51d5afdea914410

सम्बन्धित खबरहरु

Scroll to Top