×

NEPAL TIMES UPDATES

Playing
धनगढीका मेयरले भागेर ज्यान जोगाए, हुम्लीले पुल भत्काएर लखेटे || Nepal Times
May 21, 2026
Playing
कहिलेसम्म चल्ला सभामुख र हर्क साम्पाङबीच जुहारी ?|| Nepal Times
May 20, 2026
Playing
१६ वटा युरोपेली देशसँग श्रम सम्झौताको तयारी कहाँ पुग्यो ? || Nepal Times
May 20, 2026
Playing
रास्वपा नेतृत्वमा रवि र बालेन यथावत, महामन्त्री र उपसभापति को ?|| Nepal Times
May 20, 2026
Playing
नगरप्रहरीले काफल पोख्यो,मेयरले ढाडससहित दिइन् १० हजार || Nepal Times
May 20, 2026
Playing
ब्रिटिस किंग्स गोर्खा अर्टिलरी, ब्रिटिस सेनाको शान बढाउन नेपालीमात्रै भर्ती || Nepal Times
May 20, 2026
Playing
विश्वमा जंगलराज आउने सी–पुटिनको चेतावनी|| Nepal Times
May 20, 2026
Playing
Watch Top50 News Of The Day || Jestha-06-2083 || Nepal Times
May 20, 2026
Playing
ग्रे लिस्ट भनेको के हो ? बाहिरिन नेपालले अब के गर्नुपर्छ ? || Nepal Times
May 20, 2026
Playing
Trump ले शान्ति मागे, इरानले ‘फाइटर जेट खसाल्न तयार होउ’ भन्दै लल्कार्यो || Nepal Times
May 20, 2026

राजपा नेपालले मधेश सरकार गठनबारे गर्यो यस्तो निर्णय, फोरम नेपालले के गर्ला ?

१३ पुष २०७४

काठमाडौँ । प्रदेश दुईमा मधेशवादी दलले बहुमत ल्याएको छ । दुई दलले नै मधेश सरकार बनाउने घोषणा पनि गरेको छ ।

तर, कसको नेतृत्वमा बन्ने अझै टुङ्गो लागेको छैन । उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम नेपालले प्रदेशसभामा समानुपातिक सहित २९ सीट ल्याएको छ भने महन्थ ठाकुर संयोजक रहेको राष्ट्रिय जनता पार्टी नेपालले समानुपातिकसहित २५ सीट ल्याएको छ ।

Advertisement
Advertisement

मतको हिसाबले फोरम नेपालले नै सरकारको नेतृत्व गर्ने देखिन्छ । र, फोरम नेपालको अध्यक्ष यादवले आफ्नो पार्टीको नेतृत्वमा सरकार बन्ने घोषणा पनि गरिसकेका छन् । तर, राजपा नेपालले पनि त्यसमा आफ्नो दावी छाडेको छैन ।

बुधबार राजपा नेपालको राजनीतिक समितिको बैठक बसेको थियो । सो बैठकमा यस विषयमा निकै छलफल भयो । ‘दुई नम्बर प्रदेशमा फोरम नेपालले एक्लैले सरकार बनाउन सक्ने अवस्था छैन । राजपा नेपालको सहयोग आवश्यक छ । संयुक्त सरकार भएकाले सरकार नेतृत्वको दावी छाड्न हुँदैन,’ बैठकले निष्कर्ष निकालेको छ ।

 

प्रतिनिधिसभाको समानुपातिकको टुङ्गो लाग्न बाँकी छ । केन्द्रमा प्रधानमन्त्री शेरबहादुर देउवाले पदबाट राजीनामा दिएका छैनन् । वाम गठबन्धनको सरकार बन्ने निश्चित भएको छैन । यस अवस्थामा राजपा नेपालले मात्र किन हतार गरेर फोरम नेपालको नेतृत्वमा नै दुई नम्बर प्रदेशमा सरकार बन्छ भन्ने घोषणा गर्ने भनि निष्कर्ष निकालेको बैठकमा सहभागि एक नेताले रातोपाटीलाई बताए ।

‘फोरम नेपालले बढी सीट ल्याएको छ । उसले दावी गर्नु स्वभाविक हो । तर, संयुक्त सरकार निर्माण हुने भएकाले दावी छाड्न नहुने भन्दै दुई नम्बर प्रदेशमा फोरम नेपाल र राजपा नेपालको संयुक्त सरकार बन्ने मात्र निर्णय गरेको छ,’ ती नेताले  बताए ।

यस विषयमा जान्नका लागि हामीले राजपा नेपालका अध्यक्ष मण्डलका सदस्य महेन्द्र राय यादवलाई सम्पर्क गरेका थियौं । उनले भने, ‘मधेशमा मधेशी दलको नेतृत्वमा सरकार बन्छ, त्यसमा हामीले सहमति गरेका छौँ तर कसको नेतृत्वमा बन्छ त्यसको टुगों लगाएका छैनौँ ।’

जसले बढी सीट ल्याएको छ, त्यसले दावी गर्नु स्वभाविक भएको तर संयुक्त सरकार बन्ने भएकाले त्यसमा छलफल हुने उनले बताए । वरिष्ठ उपाध्यक्ष रामनरेश राय यादवको भनाई पनि त्यस्तै रहेको छ । उनले पनि सरकार कसको नेतृत्वमा बन्छ, त्यसको कुनै निर्णय भएको नभएको बताए । ‘यसमा कसैले दावी पनि गरेको छैन । दुई दल बसेर यसको टुगों लगाउँछौ,’ उनले भने ।

 

बैठकमा सहभागि अर्का उपाध्यक्ष गोविन्द चौधरीको धारणा पनि त्यस्तै रहेको छ । उनले पनि भने, ‘फोरम नेपालले बढी सीट ल्याएको कारण उसैले सरकार बनाउन पाउनुपर्छ । यो मेरो व्यक्तिगत धारणा हो । तर, पार्टीले यसको बारेमा कुनै निर्णय गरेको छैन ।’

राजपा नेपालको यस्तो धारणा आइसकेपछि फोरम नेपालले पनि आफ्नो धारणा बनाउनका लागि आज पदाधिकारीको बैठक बोलाएको छ । तीनकुनेस्थित पार्टी कार्यालयमा बसिरहेको पदाधिकारीको बैठकमा दुई नम्बर प्रदेशमा सरकार गठन गर्ने विषय मुख्य विषय हुने बताइएको छ ।

फोरम नेपालले सरकार गठनका लागि आफ्नो दावी कुनै पनि हालतमा नछाड्ने बताइएको छ । सविधान अनुसार जुन दलले बढी सीट ल्याएको छ त्यो दलले सरकारको नेतृत्व गर्नुपर्ने प्रावधान रहेको छ । त्यसैले फोरम नेपालले नै सरकारको नेतृत्व गर्ने गरि तयारीमा जुटेको छ ।

Advertisement
Advertisement

यता, राजपा नेपालको पनि अध्यक्ष मण्डलको बैठक बबरमहिलस्थित पार्टी कार्यालयमा बसिरहेको छ ।

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top