कर्मचारी ट्रेड युनियन खारेज गर्ने तयारीमा सरकार

काठमाडौं : कर्मचारीको आधिकारिक ट्रेड युनियनलगायत अन्य ट्रड युनियनले कर्मचारी समायोजनमा असहयोग गरे ट्रेड–युनियनहरू नै खारेज गर्नेगरी सरकारले गृहकार्य अघि बढाएको छ।

Advertisement

संविधानअनुसार कर्मचारी समायोजन थाल्दा त्यसको विरोध गरेको भन्दै सरकार ट्रेड युनियन प्रति आक्रामक बनेको छ। सरकारले संविधानअनुसार समायोजन प्रक्रिया थाल्दा कर्मचारी विरोधमा उत्रिएको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीसमेत ट्रेड युनियनहरुसँग असन्तुष्ट बनेका छन्।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रलायका एक उच्च अधिकारीका अनुसार ट्रेड युनियनले समायोजनविरुद्ध आन्दोलनको घोषणा गरेलगत्तै ट्रेड युनियनको अस्तित्व नै सदाका लागि समाप्त गर्नेगरी कानुन ल्याउन गृहकार्य अघि बढाइएको छ। राजधानी दैनिकमा खबर छ

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top