अध्यक्षद्वय ओली र प्रचण्डको राजनीतिक प्रतिवेदन अस्वीकृत

१२ पुस ७५, शुक्रबार

काठमाडाैं : पार्टी एकीकरणपछि तेस्रोपटक बसेको नेपाल कम्युनिस्ट पार्टी स्थायी समितिको बैठकमा पार्टी अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पेस गरेको राजनीतिक प्रतिवेदन अस्वीकृत भएको छ।

स्थायी समिति बैठकमा राजनीतिक प्रतिवेदन अपूर्ण भएको भन्दै स्थायी कमिटीका सदस्यहरूले असहमति जनाएपछि अध्यक्षद्वयले बैठकमा पेस गरेको राजनीतिक प्रतिवेदन अस्वीकृत भएको हो ।

नेपाल समाचारपत्र दैनिकका अनुसार, स्थायी समिति बैठकमा नेताहरूले उठाएको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री एवं पार्टी अध्यक्ष ओलीले राजनीतिक प्रतिवेदन पास गर्न आद्ववान गर्नुभएको थियो। तर बिहीबार बसेको स्थायी समिति बैठकमा सदस्यहरूले जवाफ चित्त बुझ्दो नभएको भन्दै असन्तुष्टि जनाएपछि पुनः बैठक बस्ने भएको छ।

Advertisement

स्थायी समितिका सदस्यहरूले राजनीतिक प्रतिवेदन परिमार्जन गरेर मात्र पारित गर्नुपर्ने माग राखेपछि राजनीतिक प्रतिवेदन परिमार्जनको गृहकार्य अगाडि बढेको बताइएको छ।

२९ मंसिरदेखि जारी स्थायी कमिटी बैठकमा प्रस्तुत दुवै अध्यक्षकाे राजनीतिक प्रतिवेदनमाथि व्यापक छलफल नभएकाे, बहुदलीय प्रतिस्पर्धामा रहेकाे लाेकतान्त्रिक पार्टीकाे दृष्टिकाेण स्पस्ट नभएकाे भन्दै सचिवालय सदस्य वामदेव गाैतमलगायत नेताहरुले आपत्ति जनाएपछि प्रतिवेदन पास हुन नसकेकाे हाे।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

विश्वकप चलिरहँदा फिफाले लगायो नेपालमाथि प्रतिबन्ध

e7d1c79f-faab-434c-8176-89916b2123ee

दक्षिण अफ्रिका पहिलोपटक नकआउट चरणमा, मेक्सिकोको शतप्रतिशत जित

bebe885c-9608-40df-a9c3-0218325be6f5

राजनीतिक संकटपछि भनेजुएला एकैसाथ दुई शक्तिशाली भूकम्पको भुङ्ग्रोमा

venezueala earthquake

‘हिटवेभ’ कायमै, दिउँसो बाहिर ननिस्कनुः कुन सहरमा गर्मी कति ?

garmi

बालेन सरकारको एक्सप्रेस वेले काठमाडौँबाट २ घण्टामा पोखरा पुगिएला?

ffa015e2-9865-4845-91e1-255af2ca8345

बालेन सरकारको एक्सप्रेस वेले काठमाडौँबाट २ घण्टामा पोखरा पुगिएला?

balen

संघीयताको भोट लिएर प्रदेश खारेजीमा रास्वपा ? भड्किए सीके

balen rabi sudan

इरानी खेलाडीहरु फेरि अर्को तनावमा

LGBTQ

अन्तिम ३२ को पूरा गणितःकुन टोली कोसँग भिड्दैछन् ?

FIFA-2018-World-Cup-Featured-1366x768

के ४२ बर्षको उमेरमा मेस्सीले २०३० को विश्वकप फुटबल पनि खेल्छन ?

3b9190ec-620f-4049-992f-53748d6123a7

सम्बन्धित समाचार

Scroll to Top