विराटनगर, पुस १५
मिस पूर्वेली सुपर मोडलको ताज रोजीना तामाङले पहिरिएकी छिन् । विराटनगरमा शनिबार सम्पन्न फाईनलमा रोजीना तामाङले ताज पहिरिन सफल भएकी हुन् ।
त्यस्तै फस्टरनरअप आचल मल्लीक तथा सेकेन्ड रनरअप दुमी राई भएकी छिन् । बिजेता, फस्ट रनरअप र सकेण्ड रनरअपले ताज सहित क्रमशः २ लाख ५० हजार, १ लाख तथा ५० हजार रुपैयाँ नगद , ईण्डोनेसियाको बाली टुर र एयर होस्टेजको निशुल्क तालिम पाएका छन् ।
सातौं संस्करणको मिस पूर्वेली सुपर मोडलको फाइनलमो १९ जना फाईनल प्रतिस्पर्धामा थिए । प्रतियोगीलाई प्रशिक्षणमा क्याटवाकदेखी सामाजिक कार्य र उनीहरूको व्यक्तित्व विकासको बारेमा प्रशिक्षण गरिएको थियो ।