×

NEPAL TIMES UPDATES

Playing
Watch Top15 News Of The Day in 5 Minutes || Nepal Times
Apr 18, 2026
Playing
इस्लामावाद वार्ताका लागि तयार, तर भाँडिने संकेत|| Nepal Times
Apr 18, 2026
Playing
World News: सिरियाबाट १२ वर्षपछि अमेरिकी सेना फिर्ता, राहुल गान्धीविरुद्ध एफआईआर || Nepal Times
Apr 18, 2026
Playing
चीनका चार रहस्यमयी विमान इरान पुगे? || Nepal Times
Apr 18, 2026
Playing
“मुस्ताङको युरेनियम लिन विदेशी से*ना आउँदै?” — Parsaiको सनसनीपूर्ण दाबी
Apr 18, 2026
Playing
देउवा समूह चोईटेला ? पूर्णबहादुरले बोलाए असन्तुष्टहरुको बैठक || Nepal Times
Apr 18, 2026
Playing
एक्लिएका ओलीलाई प्रचण्डको याद आयो, एकता गर्न किन खोज्दै छन् ? || Nepal Times
Apr 18, 2026
Playing
Top 15 Afternoon News || April-18-2026 || Nepal Times
Apr 18, 2026
Playing
अमेरिकी ‘युवा परिषद् नेपाल’ भर्सेस चिनियाँ ‘युथ पायोनियर प्रोग्राम’ || Nepal Times
Apr 18, 2026
Playing
इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी|| Nepal Times
Apr 18, 2026

मोनोरेल बनाउँदा उपत्यकाको १ घर पनि भत्किदैंन, चक्रपथको सेतो धर्कोबाट यसरी गुड्नेछ रेलको डिब्बा

१५ पुष २०७५

काठमाडौं,पुस १५

उपत्यकामा यातायात व्यवस्थापनका लागि महानगरपालिकाले मोनोरेल निर्माणको योजना सुरु गरेको छ । उच्च सवारी चाप र सार्वजनिक यातायातलाई सहज बनाउन महानगरपालिकाले मोनोरेल सञ्चालन गर्ने योजना अघि बढाएको हो ।

Advertisement
Advertisement

मोनोरेल निर्माण गर्दा उपत्यकाको एक घर पनि नभत्किने मेयर विद्यासुन्दर शाक्यले बताए । उनका अनुसार रेल सडकको बीच भागबाट गुड्ने भएकोले यसका पुर्वाधार निर्माण गर्दा कुनै पनि भौतिक सम्पत्तिमा असर पर्ने छैन ।

महानगरले रेलको विस्तृत अध्ययन प्रतिवेदन तयार गर्न चिनियाँ कम्पनी सीआरसीसी लाई जिम्मा दिएको छ । कम्पनी र महानगरको सम्झौता पत्रमा १ वर्षभित्र डीपीआर तयार गर्ने उल्लेख छ । तर मेयर शाक्यको कुरा मान्ने हो भने कम्पनीले ६ महिनामै डीपीआर उपलब्ध गराउनेछ ।

मोनोरेल बनाउँन महानगर उत्साहित बनेको छ । तर यसको अन्तर्राष्ट्रिय अभ्यास हेर्ने हो भने यो प्रविधि दर्लभ हुदैं गएको छ । बीबीसी नेपाली सेवाले तयार पारेको १ रिर्पोटमा यो प्रविधिले भविष्यमा फाइदा दिनेमा शंका गरेको छ । तुलनात्मक रुपमा खर्चिलो मानिएको यो रेल उपत्यका बासीले दिर्घकालसम्म कसरी फाइदा लिन सक्छ भन्ने प्रश्न उठेको छ ।

पूर्वाधारविद्हरूले त्यो परियोजना संघीय राजधानी शहरमा सोचेजस्तो उपयोगी नहुन सक्ने बताएका हुन्। विज्ञहरूका अनुसार विश्वका विभिन्न मुलुकमा मोनोरेलको अवधारणा क्रमिकरूपमा हट्न थालेको छ। उनीहरुको तर्क अनुसार निर्माण खर्चसँग मोनोरेलको उपयोगिताको तुलना गर्दा उक्त परियोजना उपत्यकामा उपयोगी नहुने आकलन गरिएको छ ।

मोनोरेलको आलोचना किन ?

रेल विभागका पूर्व उपसचिव तथा पूर्वाधारविद् प्रकाशभक्त उपाध्याय हाल भएको सम्झौता अनुरूप प्रति किलोमिटर ४ अर्ब भन्दा बढी लगानी गरेर मोनोरेल बनाउनु भन्दा अन्य परियोजनामा खर्च गर्नु उचित हुने बताउँछन्।

एक दक्षिण कोरियाली कम्पनीले गरेको अध्ययनका अनुसार प्रति किलोमिटर लगभग ५ देखि ६ अर्ब रुपैयाँ खर्च गर्ने हो भने मेट्रोरेल नै बनाउन सम्भव छ, उपाध्यायले भने। उनका अनुसार उक्त अध्ययन पनि मूलतः राजधानीको चक्रपथ र अन्य चार रुटको सम्भाव्यतातर्फ केन्द्रित थियो।

लगानी मात्र नभएर भरपर्दो सवारीसाधनको हिसाबले समेत मोनोरेल उपयोगी नहुन सक्ने उनको तर्क छ। मोनोरेलको यात्रु बोक्ने क्षमता कम हुने तर यसले ओगट्ने क्षेत्र भने मेट्रो लाइन जत्तिकै हुने हुँदा उक्त परियोजना सेतो हात्ती हुन सक्ने खतरा रहेको उनले बताए।

यस्तो मोनोरेल पक्षका तर्कहरु

महानगरपालिकाका अधिकारीहरूले मोनोरेल परियोजना सबै निकायसँग छलफल गरेर र उचित अध्ययन गरेर अधि बढाइएको बताउने गरेका छन्। उनीहरूका अनुसार विभिन्न विकल्पबारे विमर्श गरेर नै महानगर मोनोरेल बनाउने निष्कर्षमा पुगेको हो।

हालै चौडा पारिएको चक्रपथको सडकको मध्यभागमा रहेको रेखालाई नै उपयोग गरेर मोनोरेल चलाउने तयारी थालिएको हो, काठमाण्डू महानगरपालिकाका सह प्रवक्ता नमराज ढकालले बताए।

उनका अनुसार सडककोबीच भागमा मोनो रेल गुड्ने र छेउका आकाशेपुल बाट यात्रुहरू उक्त सवारीमा चढ्न र झर्न सक्नेछन् महानगरपालिकाले त्यो परियोजनाको लागतमा मेट्रो चलाउन सकिने भन्ने भनाइको खण्डन गरेको छ।

सह प्रवक्ता ढकालले हाल बताइएको एक खर्ब १६ अर्ब रुपैयाँ लागतको उक्त परियोजनाले ओगट्ने जग्गाको भाडा पनि हिसाब गरिएको छ उनले भने, त्यो जग्गा सरकारी सम्पत्ति भएकोले भविष्यमा मोनोरेल परियोजनाको लागत कम हुन जानेछ।

यस्तो छ महानगरको तयारी

काठमाण्डू महानगरपालिकाले कुल २७२ किलोमिटर लामो परियोजनाको डीपीआरको प्रतिवेदन एक वर्षभित्र तयार भइसक्ने ढकालले जानकारी दिए। काठमाडौं र ललितपुरमा अवस्थित उक्त परियोजनामा ललितपुर महानगरपालिकाको समेत संलग्नता रहेको छ।

सम्भाव्यता अध्ययनका अनुसार मोनोरल परियोजना सुरु भएको ३ वर्षभित्र सम्पन्न हुने छ। उक्त मोनोरेलको तीन खण्डमा विभाजन गरेर काम अगाडि बढाइनेछ।

तर पूर्वाधारविद् उपाध्यायका अनुसार रेल विभागले गरेको अध्ययनअनुसार काठमाण्डूमा पूर्व पश्चिम, उत्तर दक्षिण र चक्रपथ लगायत थप दुई रुटमा मेट्रोरेल निर्माण हुन सक्छ। त्यसो गरेर राजधानीको मुख्य सडकहरूमा सवारीको चाप घटाउन सम्भव हुनेछ।

मेट्रो रेलको विकल्प खोज्ने हो भने पनि हाल विस्तारित चक्रपथका सडकमा लामो बस, डबल (डेकर) दुई तले बस र बसका लागि मात्रै सडकको दुवैतर्फ एक-एक लेन छुट्टयाउनेहो भने पर्याप्त हुने उनको बुझाइ छ।(विकास न्युजबाट)

(भिडियो)

Advertisement

भर्खरको समाचार

इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी

donald_trump

ओली हटाएर एमाले अध्यक्ष बन्न तम्सिदैछिन् विद्या

Bidhya-Bhandati-and-Kp

आजदेखि ‘भेहिकल फ्रि असन’

Places-To-Visit-in-Kathmandu-Ason-Spice-Market-Nepal

कांग्रेस विवादको कानुनी बाटो सकियो, देउवाको रिट खारेज, फैसलामा के छ ?

deuwba and gagan

कांग्रेस प्रति दिलदार रास्वपा ! भ्रष्टचारको फाइल अड्काउने श्रम संस्कृतिलाई डर

harka-and-rabi-2-1711872787

पार्टीमा कुर्सी हल्लिएपछि प्रचण्डको ’त्यो’ र ओलीको ’यो’ स्वार्थ मिल्यो

_126009314_prachanda_oli_

अब अस्पतालमा पनि दुई दिन बिदा, आकस्मिक सेवा सञ्चालन हुने

swasthya-mantralaya

बालेन,रवि, प्रचण्डले आमालाई कसरी सम्झिए ? म नेपाल आमा हाँसेको हेर्न चाहन्छु।

674536346_955343240419027_988202194885674559_n (1)

“आमा”

cdc212c1-c8e6-4838-a4f5-496822c8e048

Lebanon–Israel  १० दिन शान्त,Iranसँग सम्झौता नजिक

thumbs_b_c_28fdaf3eb721532ff51d5afdea914410

सम्बन्धित खबरहरु

Scroll to Top