नोबेल अस्पतालले भित्र्यायो नयाँ प्रविधि : बिना चिरफार पित्त नलीको पथरीया निकाल्न सुरु

बिराटनगर,पुस  १६
नोबेल शिक्षण अस्पतालमा नयाँ प्रविधिको प्रयोग गरी बिना चिरफार पित्त नलीको पथरीया (ढुंगा) निकाल्न थालिएको छ । ईआरसीपी उपचार पद्धतिमार्फत मुखबाट ईण्डोस्कोप छिराएर पित्त नलिको ढुंगा मुखबाटै सहज रुपमा निकाल्न थालिएको हो ।

सामान्यतया पित्त नलीको ढुंगा पेट र पित्त नली दुबै चिरेर निकाल्ने गरिन्छ । ल्याप्रोस्कोपिक विधिबाट पनि पित्त नली चिर्नैपर्ने बाध्यता हुन्छ । तर, विना चिरफार मुखबाट ईण्डोस्कोप छिराएर मुखबाटै ढुंगा निकाल्न थालिएपछि बिरामीहरुलाई सहज भएको छ ।

यो प्रविधिबाट नेपालमा विरलै मात्र उपचार हुने गरेको पाईन्छ । नेपालका केहि अस्पतालहरुमा मात्र प्रयोगमा रहेको यो उपचार पद्धति पूर्वी नेपालमा पहिलो पटक भित्रयाईएको नोबेल अस्पतालका डा.रोहित प्रसाद यादवको दावी छ ।

Advertisement

‘विदेशमा यो प्रविधिबाट उपचार हुने भएपनि नेपालका लागि ईआरसीपी नयाँ पद्धति हो ।’ उनले भने ‘पूर्वी नेपालमा भने पहिलो पटक नोबेलले बिना अप्रेशन मुखबाट ढुंगा निकाल्न थालेको हो ।’

यसअघि पित्त नलीको ढुंगा निकाल्न चिरफार वा ल्याप्रोस्कोपिक विधि प्रयोग गरिन्थ्यो । अप्रेशन गर्दा पेट र पित्त नली दुबै चिर्नुपर्छ । ल्याप्रोस्कोपिक विधिमा पनि पेटमा प्वाल पारेर पित्त नली चिरेर मात्र ढुंगा निकाल्न सकिन्छ । पित्त नली चिरेर ढुंगा निकाल्दा निको हुन बढी समय लाग्ने, चिरेको ठाउँमा सिलाउन गाह्रो हुने, संक्रमणको खतरा हुने लगायत समस्या हुनसक्ने चिकित्सकहरु बताउँछन् ।

Advertisement

तर, ईआरसीपी विधिमार्फत मुखबाट ईण्डोस्कोप छिराई ढुंगालाई तानेर मुखबाटै निकालिने हुँनाले बिरामीलाई खासै असर पर्दैन । यसबाट घाउ नहुँनाले बिरामी दुई दिनमै घर फर्कन सक्ने डा.यादव बताउँछन् । ‘बिरामी छिटै निको हुँनाले अस्पतालको बसाई, बाह्य असर र खर्च पनि कम हुन्छ ।’ उनी भन्छन् ‘पित्त नलीको ढुंगा निकाल्न ईआरसीपी विधि एकदमै प्रभावकारी छ ।’

पित्त नलीमा क्यान्सर वा ढुंगा बसेर जण्डिस भएका बिरामीको उपचार र आन्द्राको क्यान्सर तथा पैंक्रियाजको क्यान्सर पत्ता लगाउँन पनि यो विधि अत्यन्तै लाभदायी हुँने डा.यादवले बताए । नोबेलमा ईआरसीपी पद्धतिबाट पित्त नलीको ढुंगा सजिलै निकालिएपछि बिरामी र बिरामीका आफन्त पनि खुशी छन् ।

ईआरसीपी विधिबाट पित्त नलीको ढुंगा निकालेकी मोरङको बिराटचौककी सोभा कुमालले भनिन् ‘पेट चिर्नुपर्छ भनेर धेरै डर लागेको थियो । तर, कतै नकाटी मुखबाटै ढुंगा निकाल्दा धेरै खुशी लाग्यो ।’ ईआरसीपी विधिबाट उपचार थालिएपछि पित्त नलिको ढुंगा निकाल्न आउनेको संख्या पनि बढ्दै गएको नोबेल अस्पतालले जनाएको छ ।

सहुलियत दरमा स्तरीय उपचार सेवा उपलब्ध गराउँन नोबेलमा नयाँ–नयाँ प्रविधिको प्रयोग गरी गुणस्तरीयता बढाउँदै लगिएको नोबेल अस्पताल सञ्चालक डा.सुनिल शर्माको भनाई छ ।

Advertisement

भर्खरको समाचार

कुवेतका जेलमा छन् ७ महिलासहित ६३ नेपाली

Kuwait Tower City Skyline glowing at night, taken in Kuwait in December 2018 taken in hdr

युएस–इरान सम्झौतामा खामेनी विजेता, एक्सपट्र्सले दिए ६ कारण

250330-donald-trump-Masoud-Pezeshkian-vl-944a-4fa6e7

ठेकेदारको खुट्टा भाँच्ने अभिव्यक्तिमा मन्त्री लम्सालले दिए प्रष्टीकरण

sunil

राजाको सपना, नेताको असफलता !१० वर्षदेखि बन्द गोरखकाली रबर उद्योग

Gorakhkaali tyre factory at Gorkha. Photo: Prakash Chandra Timi8lsena/ Nepal Photo Library

कोशी प्रदेशको बजेटमा बेथिति, ५ हजार योजनामा कनिका बजेट

koshi_pradesh_20230607154312

इ–पासपोर्ट खरिद प्रक्रियामा आरजु राणा पनि अख्तियारको दायरामा

aarju

पासपोर्ट खरिद प्रकरणःदेउवा पुत्रको खोजी, ४ जर्मन प्रतिनिधिलाई बोलाइयो

passport

बालेनले भ्रष्टाचारको छानविन गर्न अख्तियार प्रमुख थुनेका हुन् ? विपक्षीले घेरे

42d7ef3b-93be-40c8-b552-3bd4e09919d9

ह्यारी केन,जसले आफ्नो कथा आफै लेखे

AFP__20260617__B7G324B__v1__MidRes__FblWc2026Match22EngCro-1781734047

कोलम्बियाको सानदार सुरूआत, उज्बेकिस्तान ३–१ ले पराजित

col_pepnhxqvYI

सम्बन्धित समाचार

Scroll to Top