एजेन्सी,पुस १६
इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाइटेडले बोर्नामाउथमाथि ४–१ को फराकिलो गोलअन्तरको जित निकालेको छ ।घरेलु मैदान ओल्ड ट्राफोर्डमा आइतबार राति भएको खेलमा पउल पोग्वाको दुई गोल मद्दतमा युनाइटेडको फराकिलो जित निकाल्न सफल भएको हो ।
पउल पोग्वाले २ तथा मार्कस रासफोर्ड र रोमेलु लुकाकुले समान १ गोल गरे । बोर्नामाउथका नाथन एक्लैले एक गोल फर्काए ।खेलको पाँचौ मिनेटमा पउल पोग्वाले मार्कुस रासफोर्डको पासमा गोल गर्दै युनाइटेडलाई १–० को अग्रता दिलाएका थिए ।
३३औं मिनेटमा पोग्वाले नै व्यक्तिगत दोस्रो गोल गरेपछि युनाइटेडले खेलमा २–० को अग्रता बनायो । उनले एन्डर हेरेराको पासलाई सदुपयोग गरेका थिए ।
पहिलो हाफको इन्ज्युरी समयमा मार्कुस रासफोर्डले एन्थोनी मार्सियलको पासमा गोल गरेपछि युनाइटेडले ३–० को अग्रता बनायो । पहिलो हाफको इन्ज्युरी समयमा नाथन इकेले गोल गरेपछि गोल अन्तर ३–१ म झारेको थियो । ७२औं मिनेटमा रोमेलु लुकाकुले गोल गर्दै युनाइटेडलाई ४–१ को जित दिलाए ।
जितपछि युनाइटेड ३५ अंक जोडेर छैटौं स्थानमा यथावत छ । पराजित बोर्नामाउथ २६ अंकसहित १२औं स्थानमा छ ।युनाइटेडमा जोजे मौरिन्हो बर्खास्तीपछि अन्तरिम प्रशिक्षक ओले गनर सोल्सजरको प्रशिक्षणमा युनाइटेडको यो लगातार तेस्रो जित हो जसमा युनाइटेडले कार्डिफमाथि ५–१ ले तथा हडर्सफिल्डमाथि ३–१ को जित निकालेको थियो ।