मोरङको कटहरीमा सुविधासम्पन्न फलफुल तथा तरकारी बजार निर्माण(भिडियो रिपोर्टसहित)

विराटनगर,पुस २०
मोरङको कटहरी गाउँपालिकामा अत्याधुनिक सुविधासम्पन्न फलफुल तथा तरकारी बजार निर्माण भएको छ । संघीय कृषि विकास मन्त्रालयको ब्यबसायिक कृषि तथा ब्यापार आयोजना (प्याक्ट) अन्तर्गत करीब १७ करोडको लागतमा कटहरी गाउँपालिका– १ जमटोकीमा सो अत्याधुनिक फलफुल तथा तरकारी बजार निर्माण भएको हो ।

विराटनगर महानगरपालिकाको गुद्री तरकारी बजार सार्ने गरी कटहरीमा २०६८ सालमा सम्झौता भई सो बजार निर्माण भएको हो । १७ हजार ८ सय ८१ वर्गमिटर क्षेत्रफलमा निर्माण भएको सो तरकारी बजारमा १७ वटा होलसेल पसल राख्न मिल्ने गरी १४सय ८८ वर्गमिटरमा अत्याधुनिक भवन निर्माण भएको छ भने ३ सय ५१ वर्गमिटरमा खुद्रा विक्री भवन निर्माण गरिएको छ ।

२०७४ सालमा निर्माणको लागि ठेक्का पाएको लामा निर्माण कम्पनी एण्ड रमन निर्माण प्रा.लि जेभी बाट भूमि कन्ट्रक्सनलाई ठेक्का सारेर १३ महिनामा निर्माण सम्पन्न गर्ने सम्झौतामा काम थालिएको थियो । पछि तोकिएको समयमा काम नसकिएपछि २ महिना म्याद थप गरिएको थियो । गत वर्षको साउनमा आएको बाढीका कारण काम ढिला भएको र निर्माण सम्पन्न गरी सरकारलाई जिम्मा लगाईसकिएको भूमि कन्ट्रक्सनका सञ्चालक अभिनाश बोहोराले बताए ।

तरकारी बजार बनाउने जग्गाको संरक्षणको लागि कटहरी गाउँपालिकाले ठूलो भूमिका खेलेको कटहरी गाउँपालिकाका अध्यक्ष रामकुमार कामतले बताए । सो तरकारी बजार निर्माणले कटहरी लगायत आसपासका उपभोक्ता तथा ब्यापारीलाई ठूलो सहयोग पुग्ने उनको भनाई छ ।

संघीय सरकार मातहतमा निर्माण भएको सो बजार प्रदेश सरकारलाई हस्तान्तरण भईसकेको छैन । बजार निर्माण सम्पन्न भई हस्तान्तरणको पक्रियामा रहेको बताउँदै भूमि ब्यबस्था तथा कृषि सहकारी मन्त्रालयका प्रवक्ता मनोजकुमार यादवले त्यस बजारसँग सम्बन्धित सबै पक्षको प्रतिनिधित्व हुनेगरी बजार सञ्चालक समिति बनाएर सो तरकारी तथा फलफुल थोक बजार सञ्चालन गरिने जानकारी दिए ।

तरकारी बजारभित्र उपभोक्ता तथा ब्यापारीहरुलाई सहुलियतको लागि तरकारीको मूल्य सुची देखाउने डिस्प्ले रहनेछ भने ८ हजार टन फलफुल तथा तरकारीको कारोबार गर्न सकिने छ । सो बजारमा प्रति वर्गमिटर ३० टन भण्डारण क्षमता रहेको छ । तरकारी बजार क्षेत्रभित्र २ तल्ले प्रशासनिक भवन, क्यान्टिन, बैंक काउन्टर, हेल्थ क्लिनिक,म्यानेजर क्वाटर,सार्वजनिक शौचालय, नापतौल मेसिन, फोहार ब्यबस्थापन एरिया रहनेछन् । साथै त्यस बजारभित्र लोड अनलोड एरिया, डिप ट्युवेल, सिसिटिभी, जेनेरेटर, सोलार, गार्ड पोष्ट पार्किङ एरिया समेत रहने छ । सो बजार सञ्चालन भएपछि विराटनगरको गुद्रीका थोक ब्यापारीहरुले सो बजारमा सर्नुपर्ने छ । तर सर्नुपर्ने भएकापछि गुद्रीका थोक ब्यापारीहरुभने खिन्न छन् । बजार टाढा हुने भएकोले ब्यापार नहुने उनीहरुको गुनासो छ ।

उत्पादक र उपभोक्तालाई लक्षित गरी यस्ता सुविधासम्पन्न फलफुल तथा तरकारी थोक बजार निर्माण हुनु प्रदेशकै गौरवको विषय हो । अब यसलाई तत्कालै सुरुवात गरी यसको उचित ब्यवस्थापनमा सवै जुट्न जरुरी छ ।

भर्खरको समाचार

अन्तर्वार्ताको बिचमै ट्रम्प रिसाएर हिँडेपछि भाइरल

200927-donald-trump-jm-1433_2ecab3b8e6edbead73e1276361056151.fit-760w

इरानसँग लामो भिडन्तको तयारीमा इजरेल, नेतन्याहूले बोलाए सुरक्षा बैठक

630a82a3-8f0a-499b-a3bd-fe1dff63511c (1)

गोर्खा सैनिकलाई न्याय दिलाउन उभियो बालेन सरकार

Screenshot 2026-06-09 105635

सी किन पुगे उत्तर कोरिया? जापान–युएसको निन्द्रा हर्न कि रुसलाई लगाम कस्न?

f49a2c9f-40bb-464f-8d0d-15f29cb9639f

ISRO का कयौं लन्चिंग फेल, चीन–पाकको आँखाबाट कसरी बच्ला ?

aditya-l1-launch-ISRO-scaled

सदनमा सधैँको रमिता, २० दिनदेखि बालेनकै वरिपरि संसद्

IMG-20260531-WA0354

५ दिनपछि बस्दा पनि संसद् बैठक चल्न सकेन,विपक्षी पुरानै अडानमा

6f9dc162-01bf-4900-856d-71419a2ba842

७० बढी देशलाई उछिन्दै नेपाली विद्यार्थीको ऐतिहासिक उपलब्धि

Artificial-Intelligence-AI

नयाँ बजेटअनुशार जिली एइक्स ५ को नयाँ मूल्य घोषणा

WhatsApp_Image_2026-06-08_at_2.40.35_PM

रास्वपा अधिवेशन : कतै कुटाकुट, कतै रवि र बालेन्द्रका गुट

WhatsApp Image 2026-06-08 at 1.10.37 PM

सम्बन्धित समाचार

Scroll to Top