मोरङको कटहरीमा मिनि रेल सञ्चालन (भिडियो रिपोर्टसहित)

विराटनगर, पुस २०
मोरङको कटहरीमा रहेको गोपाल फन पार्कले मिनि रेल सञ्चालनमा ल्याएको छ । फनपार्कमा २५ लाखको लागतमा निमार्ण गरिएको २० जना अट्ने रेल गत मंगलबार बाट सञ्चालन ल्याइएको हो । डिजेलबाट चल्ने सो रेलमा ५ वर्षमुनीका बालबालिकाहरुले नि : शुल्क चढन पाउनेछन ्भने ५ देखि १२ वर्ष सम्मकालाई ५० रुपैँया र त्यसभन्दा बढी उमेरका मानिसको १०० रुपैंया शुल्क लाग्ने छ ।

विराटनगर नजिकै हाटखोला पुर्व रहेको सो फनपार्कमा एक वर्षमा २० लाखको कारोबार भएको सञ्चालकले बताएका छन् । फनपार्कमा मनोरञ्जनका लागि रेल उपयुक्त ठानेर सञ्चालनमा ल्याएको सञ्चालक शम्भु कामतले बताए । उनले रेल चाँडै नै फनपार्कको पुर्ण क्षेत्रफलमा चलाउने उद्देश्य राखिएको पनि बताए ।

गत वर्षको पुस १६ गतेबाट सञ्चालनमा आएको पार्क करिब १३ विघा क्षेत्रफलमा फैलिएको छ । फन पार्कमा प्रवेश शुल्क ५० रुपैंया रहेको छ भने सशुल्क तथा निशुल्क विभिन्न किसिमका खेलहरु रहेका छन् । सो पार्कमा बोटिङ, बच्चालाई क्रिकेट खेलाउने मेसिन, कमाण्डो नेट, मिक्की माउस, जम्पिङ, रनिङ फिट, चिप्लेटी, चक्डी लगायतका खेल तथा मनोरञ्जनात्मक सामाग्रीहरु रहेका छन् ।

नेपालमै पहिलो सहासिक खेल र १२ सय जना क्षमताको पिकनिक स्पट पनि पार्कमा उपलब्ध छ । सो फनपार्कमा घुम्नको लागि बालबालिका, विद्यार्थी तथा युवाहरुको बाक्लो उपस्थिती रहने गरेको छ । फन पार्कमा विशेषगरी शनिबार मानिसहरुको घुम्नका लागि भिँड लाग्ने गरेको छ । त्याहाँ पुग्ने आन्तरिक पर्यटकहरुले पार्कमा परिवारसहित घुमेर दिन कटाउन सकिने बताउँछन् ।

विराटनगर नजिकै रहेकोले यस फन पार्कमा विशेषगरी विराटनगरबासीहरु नै घुम्न तथा रमाईलो गर्न जाने गरेका छन् । फनपार्कमा हालसम्म २ करोड बढीको लगानी भईसकेको र आवश्यक ठुला लगानीका कामहरु भने लगानीकर्ताको रुपमा रहेका गोपाल प्रसाद राठीले गर्ने सञ्चालक कामत बताउँछन् । रमणिय पार्कको रुपमा रहेको सो फन पार्कमा पार्टी प्यालेस र सेमिनार हलपनि एक महिनाभित्रै सञ्चालनमा आउने बताईएको छ । पछिल्लो समय आम नेपालीमा घुम्ने बानीको विकास हुँदै गएको छ । जसका कारण आन्तरिक पर्यटनको विकासमा ठूलो टेवा पुग्न थालेको छ ।

भर्खरको समाचार

अन्तर्वार्ताको बिचमै ट्रम्प रिसाएर हिँडेपछि भाइरल

200927-donald-trump-jm-1433_2ecab3b8e6edbead73e1276361056151.fit-760w

इरानसँग लामो भिडन्तको तयारीमा इजरेल, नेतन्याहूले बोलाए सुरक्षा बैठक

630a82a3-8f0a-499b-a3bd-fe1dff63511c (1)

गोर्खा सैनिकलाई न्याय दिलाउन उभियो बालेन सरकार

Screenshot 2026-06-09 105635

सी किन पुगे उत्तर कोरिया? जापान–युएसको निन्द्रा हर्न कि रुसलाई लगाम कस्न?

f49a2c9f-40bb-464f-8d0d-15f29cb9639f

ISRO का कयौं लन्चिंग फेल, चीन–पाकको आँखाबाट कसरी बच्ला ?

aditya-l1-launch-ISRO-scaled

सदनमा सधैँको रमिता, २० दिनदेखि बालेनकै वरिपरि संसद्

IMG-20260531-WA0354

५ दिनपछि बस्दा पनि संसद् बैठक चल्न सकेन,विपक्षी पुरानै अडानमा

6f9dc162-01bf-4900-856d-71419a2ba842

७० बढी देशलाई उछिन्दै नेपाली विद्यार्थीको ऐतिहासिक उपलब्धि

Artificial-Intelligence-AI

नयाँ बजेटअनुशार जिली एइक्स ५ को नयाँ मूल्य घोषणा

WhatsApp_Image_2026-06-08_at_2.40.35_PM

रास्वपा अधिवेशन : कतै कुटाकुट, कतै रवि र बालेन्द्रका गुट

WhatsApp Image 2026-06-08 at 1.10.37 PM

सम्बन्धित समाचार

Scroll to Top