ट्रकको ठक्करबाट एक जनाको मृत्यु, प्रहरी जवान घाइते

१९ पुस ७५, शुक्रबार

झापा, पुस २०
मालबाहक ट्रकको ठक्करबाट झापामा एक पैदलयात्रीको मृत्यु भएको छ, भने एक प्रहरी जवान घाइते भएका छन् । मृत्यु हुनेमा दमक नगरपालिका १ निवासी ४२ वर्षीय शिव लामिछाने रहेको प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक (डिएसपी) महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए।

पूर्व–पश्चिम राजमार्गअन्तर्गत कमल गाउँपालिका ४ स्थित एकता चोकमा शुक्रबार मे १ ख १९५७ नम्बरको मालबाहक ट्रकले लामिछानेलाई ठक्कर दिएका थिए। ट्रकको ठक्करबाट गम्भीर घाइते भई सडकमा लडिरहेका लामिछानेलाई प्रहरी चौकी केर्खाका टोलीले उद्धार गरी अस्पताल र्पुयाएका थिए। उनको अस्पतालमै उपचारको क्रममा मृत्यु भएको डिएसपी श्रेष्ठले जानकारी दिए।

ट्रकसहित चालकलाई प्रहरीले पक्राउ गरेको जनाइएको छ । त्यसैगरी सोही घटनास्थलमा सुरक्षाका लागि पुगेका प्रहरी चौकी केर्खामा कार्यरत प्रहरी जवान पदमबहादुर दर्जीलाई ट्रकले ठक्कर दिएको छ । ट्रकको ठक्करबाट गम्भीर घाइते भएका प्रहरी जवान मोरङ बेलबारी नगरपालिका ८ निवासी दर्जीलाई उपचारका लागि विराटनगर न्यूरो अस्पताल पठाइएको डिएसपी श्रेष्ठले जानकारी दिए। यता प्रहरीलाई ठक्कर दिने ना २ ख ३७९८ नम्बरको ट्रकसहित चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

भर्खरको समाचार

अन्तर्वार्ताको बिचमै ट्रम्प रिसाएर हिँडेपछि भाइरल

200927-donald-trump-jm-1433_2ecab3b8e6edbead73e1276361056151.fit-760w

इरानसँग लामो भिडन्तको तयारीमा इजरेल, नेतन्याहूले बोलाए सुरक्षा बैठक

630a82a3-8f0a-499b-a3bd-fe1dff63511c (1)

गोर्खा सैनिकलाई न्याय दिलाउन उभियो बालेन सरकार

Screenshot 2026-06-09 105635

सी किन पुगे उत्तर कोरिया? जापान–युएसको निन्द्रा हर्न कि रुसलाई लगाम कस्न?

f49a2c9f-40bb-464f-8d0d-15f29cb9639f

ISRO का कयौं लन्चिंग फेल, चीन–पाकको आँखाबाट कसरी बच्ला ?

aditya-l1-launch-ISRO-scaled

सदनमा सधैँको रमिता, २० दिनदेखि बालेनकै वरिपरि संसद्

IMG-20260531-WA0354

५ दिनपछि बस्दा पनि संसद् बैठक चल्न सकेन,विपक्षी पुरानै अडानमा

6f9dc162-01bf-4900-856d-71419a2ba842

७० बढी देशलाई उछिन्दै नेपाली विद्यार्थीको ऐतिहासिक उपलब्धि

Artificial-Intelligence-AI

नयाँ बजेटअनुशार जिली एइक्स ५ को नयाँ मूल्य घोषणा

WhatsApp_Image_2026-06-08_at_2.40.35_PM

रास्वपा अधिवेशन : कतै कुटाकुट, कतै रवि र बालेन्द्रका गुट

WhatsApp Image 2026-06-08 at 1.10.37 PM

सम्बन्धित समाचार

Scroll to Top