×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

वर्तमान सरकार फ्लप : देउवा

२० पुष २०७५

विराटनगर, पुस २०
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले वर्तमान सरकार फ्लप भएको दाबी गरेका छन् । उनले दुई तिहाइको दम्भमा रहेको वर्तमान सरकारले अब देश चलाउन नसक्ने दावी समेत गरे । विराटनगर विमानस्थलमा शुक्रबार साँझ संचारकर्मीहरुसंग कुरा गर्दै सभापति देउवाले पोष्टर टाँगेर अब देश नचल्ने भएकाले यो सरकारबाट कामको अपेक्षा गर्न पनि नसकिने बताए ।

अर्को एक प्रसंगमा देउवाले वाइडबडी खरिद छानबिन प्रकरणमा कुनै मन्त्रीलाई कार्वाहीको सिफारित गरिएको बिषयमा जानकारी नभएको बताए । उनले वाइडबडी खरिद प्रकरणका दोषीलाई सरकारले वाह्य कानुन बनाएर कार्वाही गर्न सक्ने जानकारी दिए । उनले संसदीय उपसमितिले तयार पारेको प्रतिवेदन आफुले अध्ययन नगरेकाले अहिले सबै कुरा बाहिर ल्याउन आफुले नसक्ने जानकारी दिए ।

Advertisement
Advertisement

निर्मला पन्तको बलात्कार पछि हत्यामा संलग्नलाई सरकारले अहिलेसम्म कानुनी कठघरामा ल्याउन नसक्नु सरकारको लाचारीपन भएको उनले बताए । देउवाले प्रहरी प्रशासन समेतको संलग्नतामा प्रमाण मेटेर अपराधिलाई उन्मुक्ति दिने प्रयास भएको बताए । निर्मालाको बलात्कार पछि हत्या भएको घटना सानो कुरा नभएको भन्दै देउवाले निर्मालाको परिवारले न्याय नपाएसम्म यो विषय नेपाली कांग्रेसले यसै सेलाउन जान नदिने बताए ।

Advertisement

सभापति देउवाले काग्रेसका आगामी महाअधिवेशन समयमा नै हुने दाबी गरे । अर्ली महाधिवेशनको कुरा कसैले नउठाएको दाबि गर्दै महाधिवेशन समयमा नै सम्पन्न हुने उनले बताए । कर्मचारी समायोजन तथा प्रदेशमा जान नमान्ने कर्मचारीहरुलाई कारवाहि गर्ने कुरा सरकारले बताइरहेको बेला देउवाले भने कर्मचारीलार्य कारवाहि गर्नुभन्दा थप सेवा सुविधा बढाएर पठाउनुपर्ने बताए । कर्मचारी अभावमा प्रदेशका काम कारवाहिमा समस्या देखिरहेको बताउँदै उनले कर्मचारीलाई आतंकीत बनाएर भन्दापछि उनीहरुलाई थप इन्सेन्टिभ दिनुपर्ने उनको भनाई थियो ।

भर्खरको समाचार

इरानसँग अझै घातक हतियारहरू सुरक्षित, भान्सको पाकिस्तान भ्रमण रद्द

iran-flag_TkC5X0MaQr

ट्रम्पले युद्धविराम लम्ब्याए, नाकाबन्दी जारी, ८ महिला रिहा गर्न गुहार

250126-donald-trump-236p-09e14b

इरानयुद्धको विरोध गर्ने ६२ पूर्व अमेरिकी सैनिक परिवारसहित पक्राउ

islamabadtalks-1775911434-1775912162

सुशासनको जगमा बनेको सरकारमाथि नै सुशासनको प्रश्न?

666707698_875077882223921_4422618132601218086_n

‘राज्यले जनतालाई न्याँक्ने र घोक्रयाइमुन्ट्याइ गर्ने होइन’,गृहमन्त्रीको राजीनामा उत्तम

harka-sampang-samsad (1)

३९ विशेषतासहितको नयाँ स्मार्ट लाइसेन्स

Security Printing Press_Driving Licence Printing_ (4).jpg

सुधनले प्रधानमन्त्रीलाई बुझाए स्पष्टीकरण, अब बालेनले के गर्छन ?

37c9de5f-6d1d-42a3-b396-1e69a51fc022

नेपाललाई सिरिज बराबरीमा गर्ने अवसर

677655303_1428216612668048_5155580506335546568_n

युद्धविराम अन्त्य हुँदै, इरान धम्कीसँग कहिल्यै नझुक्ने

trump

गृहमन्त्री सुधनको अठोटः भ्रष्टविरुद्धको कारबाही रोकिदैन, डग्मगाइदैन

b50ca935-e218-4b61-b637-facd118a9d76

सम्बन्धित खबरहरु

Scroll to Top