नेपालले बेच्याे ६ महिनामा साढे १० करोडको बिजुली

काठमाडौं : गत बैशाखयता नेपालले करिब दुई करोड किलोवाट आवर (युनिट) विद्युत भारत निर्यातगरेको छ। अप्रिलदेखि नोभेम्बर २०१८ भित्रमा नेपाल विद्युत प्राधिकरणले भारतका विद्युत व्यापारीलाई कुलक एक करोड ८८ लाख ७४ हजार युनिट बिक्री गरेको हो।

Advertisement

प्रतियुनिट पाँच रुपैयाँ ५५ पैसाका दरले विद्युत बिक्री गरिएको हो । विद्युत बिक्रीबाट कुल १० करोड ४७ लाख ५० हजार ७०० रुपैयाँ आम्दानी भएको  छ।

नेपालमा विद्युतको खपत अत्यन्तै न्यु हुने रातका समयको विद्युत निर्यात गरी उक्त रकम आम्दानी गर्न सफल भएको प्राधिकरणका प्रवक्ता एवमं विद्युत व्यापार प्रमुख प्रवल अधिकारीले जानकारी दिए।

Advertisement

सन् २०१४ मा नेपाल र भारतबीच सम्पन्न विद्युत व्यापार सम्झौता (पिटिए) ले नेपालले भारतलाई विद्युत बेच्ने औपचारिक ढोका खोल्ने वातावरण बनाएको थियो। तर, व्यवहारिक रुपमा भने धेरै अघिदेखि नै नेपालबाट विद्युत निर्यात भइरहेको प्रवक्त अधिकारी बताउँछन्।, आर्थिक अभियान दैनिकमा समाचार छ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top