यातायात व्यवसायीको राष्ट्रिय महाधिवेशन चितवनमा

१४ पुस ७४, शुक्रबार
Share this
778shares

काठमाडौँ, पुस १४
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको पाँचाँै राष्ट्रिय महाधिवेशन माघको १७ देखि १९ गतेसम्म चितवनको नारायणगढमा हुने भएको छ ।

Advertisement

सो महाधिवेशन चितवनमा गर्नका लागि महासंघका कावा अध्यक्ष डोलनाथ खनालको संयोजकत्वमा १०१ सदस्यीय महाधिवेशन मूल समिति गठन गरिएको छ ।

समितिले आवश्यकताअनुसार विभिन्न उपसमिति गठन गरी मुलुकमा सडकको अवस्था तथा यातायात व्यवसायको क्षेत्रमा भएका प्रगतिको समीक्षा र आगामी दिनमा विकास गर्नुपर्ने व्यावसायिकताबारे छलफल गर्ने महासंघका महासचिव सरोज सिटौलाले जानकारी दिए ।

Advertisement

महासचिव सिटौलाले राष्ट्रिय महाधिवेशनलाई भव्य, सभ्य र मर्यादित बनाउनका लागि गृहकार्य भइरहेको बताउँदै अब महासंघलाई संघीय ढाँचामा लैजानका लागि केन्द्र, प्रदेश र जिल्ला गरी तीन तहको संरचना बनाउने निर्णयसमेत भएको बताए ।

राष्ट्रिय परिषद्को आज हुने भेलाका लागि देशभरका संघसंस्था तथा प्रालिका अध्यक्ष सहितका पदाधिकारी काठमाडौँ आइसकेका छन् ।
रासस

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top