विराटनगर, पुस २४
ईलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको प्रहरी टोलीले बेलबारी नगरपालिका–८ स्थित चिसाङ खोलामा गिटी, बालुवा बोक्ने सवारी साधनसँग चन्दा उठाउने दुई जनालाई पक्राउ गरेको छ ।
रसिद काटी अवैध रूपमा रू १०० का दरले नगद उठाउने कानेपोखरी गाउपालिका – ५ बस्ने २१ वर्षीय रोशन दनुवार र ३५ वर्षीय जितन चौधरीलाई प्रहरीले पक्राउ गरेको हो ।
चिसान नदी कटान क्षेत्र पूर्वाधार पिडित गाउँ उपभोक्ता समिति कानेपोखरी ५ मोरङ, नम्बरी जग्गा संरक्षण तथा बिकास निर्माण सहयोगार्थ लेखिएको रसिद सहित पक्राउ परेका उनीहरुलाई चन्दा ऐन २०३० अन्तर्गत म्याद थप भई थप अनुसन्धान भई रहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।